सेनालाई विवादमा तान्ने प्रयासप्रति सजग र सतर्क रहौँ : प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले संकीर्ण स्वार्थका लागि समय–समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आलीले सेनालाई विवादमा तान्न हुने गरेका प्रयासहरूप्रति सजग र सतर्क रहन आग्रह गरे ।
कानुन उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने उनको भनाइ छ । ओलीले भने, ‘आफ्ना संकीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्नेलगायत विभिन्न खालमा प्रवृत्तिहरू देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने, नेपाली सेनाका सदासयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरू उचाल्ने ।
त्यस्तो कुराहरू गर्नहुँदैन । नेपाली जनताको चेतनालाई समयसमयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरूसँग सतर्क हुनुपर्छ ।’
उनले सुरक्षा परिषद्को संवैधानिक, कानुनी र व्यावहारिक रूपमा सही प्रयोग भइरहेको दाबी गरे । विशेष गरी, प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए ।
तुलनात्मक रूपमा विश्वमा शान्तिको स्थिति भए पनि ठूलो–सानो सबै राष्ट्रले अनुचित ढंगले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उनले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लंघन हुन्छ कि भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।
नेपाल सरकार सधैँ शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोहीअनुसार प्रतिरक्षा र सुरक्षालगायत नीति तय गरिएको ओलीको भनाइ छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












