सांसद पद बचाउन माओवादीमा फर्कने पक्षमा छैनौँः मन्त्री रायमाझी
काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्नो सांसद पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् ।
बिहीबार बिहान एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता रायमाझीले अर्को पक्षमा लाग्दा सांसद पद गए पनि आफूसहितका नेता पदको पक्षमा नहिँड्ने बताएका हुन् ।
‘विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ । सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ उनले भने ।
माओवादीबाट अहिले मन्त्री रहेका रायमाझी, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा लगायत द्विविधामा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लागेका नेता कारबाहीमा पर्न सक्छन् । तर, प्रचण्डको साथ छोडेर ओली पक्षमा लागेका नेता रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताएका हुन् ।
सर्वोच्चले पार्टीलाई पूर्ववतः अवस्थामा फर्काइदिएपछि एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नैतिक संकटमा छन् । प्रचण्डसँग लागेर प्रधानमन्त्रीविरुद्ध उत्रिएका उनीहरु सर्वोच्चको फैसलासँगै एमालेमै फर्किएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै काम गर्नुपर्ने बाध्यता छ । रायमाझीले भने मन नबिगारी पार्टीमा फर्किन सुझाएका छन् ।
नेपाल र खनालको नाम नलिए पनि कार्यकर्ता भेटघाटमा उनले आफ्नै पार्टीमा फर्किन मन बिगार्न आवश्यक नरहेको बताए । ‘जो साथीले मन बिगार्नु भएको छ, मन बिगार्न पर्ने जरुरी छैन । खुसीका साथ समावेश हुनु,’ आफू प्रचण्डको साथ छोडेर आएकोतर्फ इंगित गर्दै रायमाझीले भने, ‘हामी त भइराछौँ भने अरु भइराखेका साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ ।’
एमालेमै ओली पक्षका नेता–कार्यकर्ता बाटो बिराएका नेताप्रति पूर्वाग्रही हुन आवश्यक नरहेको उनले बताए । ‘बाटो बिराएका, मन बिगारेका साथीहरुलाई हार्दिकतापूर्वक स्वागत गरौँ । धेरै तिखो आलोचना गर्ने, बढी छिछी दुरदुर नगरौँ । समावेश भएर जान प्रेरित गरौँ । हामी सागरजस्तो विशाल हृदय बनाएर अगाडि बढ्नुपर्छ ।
गुटगत र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्न नहुने नेता रायमाझीले बताए । प्रचण्डको साथ छोड्दा लिगेसी छोडेको आरोप खेप्दै आएका नेता रायमाझीले अबिर जात्रा गरेर केही नेताहरु हौसिएको टिप्पणी गरे ।
‘जो साथीले संसद् पुनर्स्थापना हुनपर्छ भन्नुभएको थियो, भयो । खुसी भएर अबिर जात्रा गर्नुभयो । ठीकै भयो, उहाँहरुको मात्रै होइन हाम्रो पनि संसद् पुनर्स्थापना भयो,’ उनले भने, ‘केपीजीको पनि भयो मेरो पनि भयो । त्यति हौसिन पर्ने त थिएन । तर राम्रो भयो । हामीले पनि आनन्द मानेका छौँ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












