सांसद पद बचाउन माओवादीमा फर्कने पक्षमा छैनौँः मन्त्री रायमाझी
काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्नो सांसद पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् ।
बिहीबार बिहान एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता रायमाझीले अर्को पक्षमा लाग्दा सांसद पद गए पनि आफूसहितका नेता पदको पक्षमा नहिँड्ने बताएका हुन् ।
‘विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ । सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ उनले भने ।
माओवादीबाट अहिले मन्त्री रहेका रायमाझी, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा लगायत द्विविधामा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लागेका नेता कारबाहीमा पर्न सक्छन् । तर, प्रचण्डको साथ छोडेर ओली पक्षमा लागेका नेता रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताएका हुन् ।
सर्वोच्चले पार्टीलाई पूर्ववतः अवस्थामा फर्काइदिएपछि एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नैतिक संकटमा छन् । प्रचण्डसँग लागेर प्रधानमन्त्रीविरुद्ध उत्रिएका उनीहरु सर्वोच्चको फैसलासँगै एमालेमै फर्किएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै काम गर्नुपर्ने बाध्यता छ । रायमाझीले भने मन नबिगारी पार्टीमा फर्किन सुझाएका छन् ।
नेपाल र खनालको नाम नलिए पनि कार्यकर्ता भेटघाटमा उनले आफ्नै पार्टीमा फर्किन मन बिगार्न आवश्यक नरहेको बताए । ‘जो साथीले मन बिगार्नु भएको छ, मन बिगार्न पर्ने जरुरी छैन । खुसीका साथ समावेश हुनु,’ आफू प्रचण्डको साथ छोडेर आएकोतर्फ इंगित गर्दै रायमाझीले भने, ‘हामी त भइराछौँ भने अरु भइराखेका साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ ।’
एमालेमै ओली पक्षका नेता–कार्यकर्ता बाटो बिराएका नेताप्रति पूर्वाग्रही हुन आवश्यक नरहेको उनले बताए । ‘बाटो बिराएका, मन बिगारेका साथीहरुलाई हार्दिकतापूर्वक स्वागत गरौँ । धेरै तिखो आलोचना गर्ने, बढी छिछी दुरदुर नगरौँ । समावेश भएर जान प्रेरित गरौँ । हामी सागरजस्तो विशाल हृदय बनाएर अगाडि बढ्नुपर्छ ।
गुटगत र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्न नहुने नेता रायमाझीले बताए । प्रचण्डको साथ छोड्दा लिगेसी छोडेको आरोप खेप्दै आएका नेता रायमाझीले अबिर जात्रा गरेर केही नेताहरु हौसिएको टिप्पणी गरे ।
‘जो साथीले संसद् पुनर्स्थापना हुनपर्छ भन्नुभएको थियो, भयो । खुसी भएर अबिर जात्रा गर्नुभयो । ठीकै भयो, उहाँहरुको मात्रै होइन हाम्रो पनि संसद् पुनर्स्थापना भयो,’ उनले भने, ‘केपीजीको पनि भयो मेरो पनि भयो । त्यति हौसिन पर्ने त थिएन । तर राम्रो भयो । हामीले पनि आनन्द मानेका छौँ ।’
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












