सबै स्थानीय तहका केन्द्रलाई पक्की सडकमार्फत प्रदेश राजधानी र राष्ट्रिय सडक सञ्जालमा जोड्ने
काठमाडौं। सरकारले देशभरका स्थानीय तहको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजनाको सुरुवात गरेको छ।
सरकारले सबै स्थानीय तहका केन्द्रलाई प्रादेशिक राजधानी र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएको हो।
यसका लागि आज संघीय सरकारले सरकारले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रको सुभारम्भ गरेको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
यस योजनाअन्तर्गत दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने छ। दुई सय ८३ मध्ये ६१ स्थानीय तहको केन्द्रसम्म अहिलेसम्म सडक पुगेको छैन। ती स्थानीय तहको केन्द्रमा सडकको नयाँ ट्र्याक खोल्नुपर्ने छ।
यसैगरी, एक सय ६३ स्थानीय तहको केन्द्रकमा कच्ची सडक र बाँकीमा ग्राभेल भएको सडक छन्। सडक नपुगेका स्थानीय तहमा सडक बनाएर कालोपत्रे गर्ने र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना सरकारले लिएको छ।
यसैगरी, कच्ची र ग्राभेल सडक भएका स्थानीय तहका केन्द्रमा समेत कालोपत्रे गरिने छ। यसका लागि देशभर चार हजार किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने देखिएको छ।
संघीय मामिला तथा प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले चार हजार किलोमिटर सकड कालोपत्रे गर्दा ११ सय वटा सडक पुल बनाउनुपर्ने देखिएको बताए।
सरकारले यो कार्यक्रमले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सोचलाई साकार पार्न महत्वपूर्ण योगदान दिने बताएको छ। यस कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै सरकारले चालू १५औं योजनामा रुपान्तरणकारी आयोजनाका रुपमा समावेश गरेको छ।
कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रिपरिष्दबाट २०७७ साल पुस १० गते कार्यविधि स्वीकृत भइसकेको छ। कार्यविधिअनुसार पक्की सडक नपुगेको स्थानीय तहहरुलाई सडक छनोट गरी पठाउन सूचना प्रकाशन गरिएकोमा तीन सय ९२ स्थानीय तहबाट माग प्राप्त भएको छ।
पक्की सडक पुगिसकेको स्थानीय तहले समेत माग गरेका छन्। प्राप्त भएका मागलाई छानबिन गर्ने काम अघि बढिसकेको छ।
मन्त्रालयका अनुसार यस कार्यक्रमअन्तर्गत सबैभन्दा बढी सुदूरपश्चिममा करिब ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ।
यस्तै, सबैभन्दा कम गण्डकी प्रदेशमा दुई सय ७९ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ। यस कार्यक्रमलाई दुई खर्ब बजेट आवश्यक पर्ने सरकारको योजना छ।
सो रकममध्ये प्रदेश सरकारको १० प्रतिशत लागत साझेदारी रहेन छ भने स्थानीय तहको १५ देखि २५ प्रतिशतसम्म लगानी रहने छ।
२५ प्रतिशत साझेदारी लागत जुटाउन कठिन हुने स्थानीय तहलाई नेपाल सरकारले विशेष व्यवस्था गर्ने बताइएको छ।
यस कार्यक्रममा तीनै तहका सरकारको भूमिका रहने छ। नेपाल सरकारले गर्ने लगानीका लागि विश्व बैंक र एसियाली विकास बैंकसँग छलफल भइरहेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












