माओवादी मन्त्रीहरुले बुझे पार्टीले फिर्ता बोलाएको पत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरुलाई फिर्ता हुन निर्देशन दिई पठाएको पत्र मन्त्रीहरुले बुझेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरुको कार्यकक्षमा पुगेका थिए । ती नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुझे ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो सचिवालयमार्फत पत्र बुझेका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्नै मानेनन् । मन्त्रीको सचिवालयले समेत चिठी नबुझ्ने अडान लिएपछि हुलाकमार्फत पठाइएको ढकालले बताए । ‘मन्त्री लामाले चिठी बुझ्न मान्नुभएन । सचिवालयले पनि इन्कार गरेपछि नमानेपछि हुलाक मार्फत पठाइएको छ’ उनले भने ।
फागुन २९ गते बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त निर्णय केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएपछि आइतबार मन्त्रीलाई चिठी लेखिएको केन्द्रीय कार्यालयका सचिव ढकालले जानकारी दिए ।
फागुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
त्यसको भोलिपल्ट फागुन २९ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटीे बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीले दिएको जिम्मेवारी स्वीकार गरेको सम्बन्धमा के हो भनेर पनि आफ्ना पार्टीबाट मन्त्री भएका नेताहरुलाई सोधेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












