माओवादी मन्त्रीहरुले बुझे पार्टीले फिर्ता बोलाएको पत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरुलाई फिर्ता हुन निर्देशन दिई पठाएको पत्र मन्त्रीहरुले बुझेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरुको कार्यकक्षमा पुगेका थिए । ती नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुझे ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो सचिवालयमार्फत पत्र बुझेका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्नै मानेनन् । मन्त्रीको सचिवालयले समेत चिठी नबुझ्ने अडान लिएपछि हुलाकमार्फत पठाइएको ढकालले बताए । ‘मन्त्री लामाले चिठी बुझ्न मान्नुभएन । सचिवालयले पनि इन्कार गरेपछि नमानेपछि हुलाक मार्फत पठाइएको छ’ उनले भने ।
फागुन २९ गते बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त निर्णय केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएपछि आइतबार मन्त्रीलाई चिठी लेखिएको केन्द्रीय कार्यालयका सचिव ढकालले जानकारी दिए ।
फागुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
त्यसको भोलिपल्ट फागुन २९ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटीे बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीले दिएको जिम्मेवारी स्वीकार गरेको सम्बन्धमा के हो भनेर पनि आफ्ना पार्टीबाट मन्त्री भएका नेताहरुलाई सोधेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












