एमालेमा वार्ताको ढोका उघ्रियो
संवाद थालनी कि विवाद सुरु?
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् । यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् ।
संस्थापन पक्षको आग्रह
– बिगत बिर्सिएर मिलेर अघि बढांै
– पार्टीका निर्णयलाई प्रतिष्ठाको विषय नबनाआंै
– पार्टी एकताका लागि राष्ट्रिय भेला रोकौं
– विगतका निर्णयलाई परिमार्जन गर्न सकिने
– ७ चैतको बैठकमा सहभागी बनौं
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहका नेतासँग आग्रह गरे पनि नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको हो ।
परराष्ट्रमन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूहलाई ४ र ५ चैतमा बोलाएको राष्ट्रिय भेला स्थगित गरेर ७ चैतको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गरिएको बताए । छलफलमा सहभागी ज्ञवालीले राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकाले त्यस्ता भेला नगर्न आग्रह गरिएको बताउँदै दुवै समूहबीच खुलमखुला छलफल भएको बताए ।
‘छलफलमा एमालेलाई सुदृढ बनाएर कसरी लैजानेबारे साझा अवधारणा बनेको छ । खुलमखुला छलफल भएको छ । अन्तरविरोध छलफलबाटै समाधान गर्दै जानुपर्छ भन्नेमा हामी सहमत छौं,’ प्रवक्ता ज्ञवालीले भने, ‘२८ गतेको बैठकका निर्णय स्थगित गर्न उहाँहरूले आग्रह गर्नुभएको छ । तर, त्यो निर्णय पुनरावलोकन र समीक्षा गर्नुपर्ने भए छलफल गर्दै जाऔं भन्ने हाम्रो भनाइ रह्यो ।’
नेपाल समूहको अडान
– २८ फागुनको निर्णय खारेज गरांै
– खारेज नगरिए राष्ट्रिय भेला जारी रहन्छ
– पार्टीका सबै कमिटी पूर्ववत् अवस्थामा फर्काआंै
– एकताबद्ध भएर अघि बढांै
छलफलमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकाले त्यहीँबाट पार्टी एकताको प्रस्थानबिन्दु सुरु गर्नुपर्ने बताए ।
‘पार्टी एकताको प्रस्थानबिन्दु सर्वोच्चको फैसलापछिको अवस्थालाई बनाउनुपर्छ । सर्वोच्चले एमाले ब्युँताइदियो । त्यहीँबाट पार्टी एकताको प्रस्थानबिन्दु बनाऔं भनेर हामीले भन्यौं,’ पाण्डेले भने, ‘त्यसमा खासगरी अध्यक्षको सहमति भएन । छलफल सौहार्दपूर्ण वातावरणमा भयो । मीठो ढंगले कुराकानी भयो । रमाइलो ढंगले कुराकानी भयो तर कुरा मिलेन ।’
नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीलाई २८ फागुनको निर्णय एकलौटी ढंगबाट गरेकाले फिर्ता लिनुपर्ने बताए । तर, ओली समूहले यो निर्णयबाट पछि हट्ने संकेत दिएको छैन । २८ फागुनमा ओली समूहको केन्द्रीय कमिटी बैठकले तत्कालीन नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने, महाधिवेशन मिति तोक्ने, जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।
तर, नेपाल समूहले सो निर्णय विधानविपरीत रहेको र आफूहरूसँग कुनै सल्लाह नै नगरी एकलौटी भएकाले खारेजको माग गर्दै निर्वाचन आयोगमा पत्रसमेत बुझाइसकेको छ । नेपाल समूहले ४ र ५ चैतमा राष्ट्रिय भेला गर्दै छ भने ओली समूहले ७ चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमाले स्रोतका अनुसार ओली र नेपाल समूहबीच छलफलपश्चात् दुवै समूहका केही नेता समझदारी र एकताको खाका कोर्न आन्तरिक गृहकार्यमा जुटेका छन् । सोमबारको छलफलपश्चात् एमाले विवादमा ‘आइसब्रेक’ भएको बताइएको छ ।
प्रधानमन्त्री ओली र नेपालबीच करिब तीन महिनापछि छलफल भएको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि दुवै नेताबीच छलफल भएको थिएन ।
छलफलमा अध्यक्ष ओलीसहित सो समूहका तर्फबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएका थिए । यस्तै, नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












