एमालेमा वार्ताको ढोका उघ्रियो
संवाद थालनी कि विवाद सुरु?
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् । यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् ।
संस्थापन पक्षको आग्रह
– बिगत बिर्सिएर मिलेर अघि बढांै
– पार्टीका निर्णयलाई प्रतिष्ठाको विषय नबनाआंै
– पार्टी एकताका लागि राष्ट्रिय भेला रोकौं
– विगतका निर्णयलाई परिमार्जन गर्न सकिने
– ७ चैतको बैठकमा सहभागी बनौं
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहका नेतासँग आग्रह गरे पनि नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको हो ।
परराष्ट्रमन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूहलाई ४ र ५ चैतमा बोलाएको राष्ट्रिय भेला स्थगित गरेर ७ चैतको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गरिएको बताए । छलफलमा सहभागी ज्ञवालीले राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकाले त्यस्ता भेला नगर्न आग्रह गरिएको बताउँदै दुवै समूहबीच खुलमखुला छलफल भएको बताए ।
‘छलफलमा एमालेलाई सुदृढ बनाएर कसरी लैजानेबारे साझा अवधारणा बनेको छ । खुलमखुला छलफल भएको छ । अन्तरविरोध छलफलबाटै समाधान गर्दै जानुपर्छ भन्नेमा हामी सहमत छौं,’ प्रवक्ता ज्ञवालीले भने, ‘२८ गतेको बैठकका निर्णय स्थगित गर्न उहाँहरूले आग्रह गर्नुभएको छ । तर, त्यो निर्णय पुनरावलोकन र समीक्षा गर्नुपर्ने भए छलफल गर्दै जाऔं भन्ने हाम्रो भनाइ रह्यो ।’
नेपाल समूहको अडान
– २८ फागुनको निर्णय खारेज गरांै
– खारेज नगरिए राष्ट्रिय भेला जारी रहन्छ
– पार्टीका सबै कमिटी पूर्ववत् अवस्थामा फर्काआंै
– एकताबद्ध भएर अघि बढांै
छलफलमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकाले त्यहीँबाट पार्टी एकताको प्रस्थानबिन्दु सुरु गर्नुपर्ने बताए ।
‘पार्टी एकताको प्रस्थानबिन्दु सर्वोच्चको फैसलापछिको अवस्थालाई बनाउनुपर्छ । सर्वोच्चले एमाले ब्युँताइदियो । त्यहीँबाट पार्टी एकताको प्रस्थानबिन्दु बनाऔं भनेर हामीले भन्यौं,’ पाण्डेले भने, ‘त्यसमा खासगरी अध्यक्षको सहमति भएन । छलफल सौहार्दपूर्ण वातावरणमा भयो । मीठो ढंगले कुराकानी भयो । रमाइलो ढंगले कुराकानी भयो तर कुरा मिलेन ।’
नेपाल समूहका नेताहरूले अध्यक्ष ओलीलाई २८ फागुनको निर्णय एकलौटी ढंगबाट गरेकाले फिर्ता लिनुपर्ने बताए । तर, ओली समूहले यो निर्णयबाट पछि हट्ने संकेत दिएको छैन । २८ फागुनमा ओली समूहको केन्द्रीय कमिटी बैठकले तत्कालीन नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने, महाधिवेशन मिति तोक्ने, जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।
तर, नेपाल समूहले सो निर्णय विधानविपरीत रहेको र आफूहरूसँग कुनै सल्लाह नै नगरी एकलौटी भएकाले खारेजको माग गर्दै निर्वाचन आयोगमा पत्रसमेत बुझाइसकेको छ । नेपाल समूहले ४ र ५ चैतमा राष्ट्रिय भेला गर्दै छ भने ओली समूहले ७ चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमाले स्रोतका अनुसार ओली र नेपाल समूहबीच छलफलपश्चात् दुवै समूहका केही नेता समझदारी र एकताको खाका कोर्न आन्तरिक गृहकार्यमा जुटेका छन् । सोमबारको छलफलपश्चात् एमाले विवादमा ‘आइसब्रेक’ भएको बताइएको छ ।
प्रधानमन्त्री ओली र नेपालबीच करिब तीन महिनापछि छलफल भएको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि दुवै नेताबीच छलफल भएको थिएन ।
छलफलमा अध्यक्ष ओलीसहित सो समूहका तर्फबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएका थिए । यस्तै, नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता थियो ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












