बालुवाटारमा प्रधानमन्त्रीको चियापान कार्यक्रम, नेपाल समूहको सानेपामा पत्रकार सम्मेलन
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज चियापन कार्यक्रम आयोजना गरेका छन्।
सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि चियापान कार्यक्रम राखिएको हो। नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला ओलीले चियापान कार्यक्रम राखेका हुन्।
चियापान कार्यक्रममा सबै केन्द्रीय सदस्यहरु तथा अन्य नेता कार्यकर्तालाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सबैलाई मोबाइल एसएमएसफर्मात निमन्त्रणा पठाईको हो।
तर, ओलीले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने नजाने भएको छ।
नेपाल-खनाल समूले ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो।
अध्यक्ष ओली पार्टीमा एकलौटी ढंगले अगाडि बढेको भन्दै नेपाल समूह रुष्ट बनेको छ। नेपाल समूहले यहि ४ र ५ गते राष्ट्रिय भेला समेत बोलाएको छ।
प्रधानमन्त्री ओलीले फागुन २८ गते महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेका थिए। साथै विभिन्न प्रदेश र संगठनमा समेत नयाँ नियुक्ति गरेका थिए।
नेपाल समूहले उक्त निर्णय खारेज गर्नुपर्ने अगाडि राखेको छ। हिजो बसेको दुई पक्षबीचको बैठकमा अध्यक्ष ओलीले भने उक्त निर्णय फिर्ता नहुने प्रष्ट पारेका थिए। नेपाल समूहले भने उक्त निर्णय फिर्ता नलिएर कुनै कार्यक्रम पनि बहिस्कार गर्ने र ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने बताएका हुन्।
हिजोको बैठकका दुवै पक्ष आ आफ्नै अडानमा कायम रहेपछि कुनै निर्णय हुन सकेको थिएन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












