माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई ओलीको कडा निर्देशन
काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले बुधवार र बिहीवार आयोजना गर्न लागेको भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
भेलामा सहभागी भए पार्टीको विधान र दल सम्बन्धी कानूनअनुसार कारवाही हुने उनले चेतावनी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार केन्द्रीय सदस्य र सांसदहरूका लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीमा ‘एनार्किज्म’ अब स्वीकार्य नहुने बताए ।
‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ । राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे, कसैले अर्को पार्टी कमिटी बनाउन सक्छ समानान्तर कमिटी होइन,’ ओलीले भने, ‘अराजकता, अनुशासनहीनता जस्ता कुरा, एकता विरोधी कुरामा छुट हुने छैन । अचाक्ली भयो ।’
बुधवारका लागि आयोजना गरिएको भेला अवैधानिक भन्दै ओलीले सहभागी भए पार्टी विधान र दलीय कानून अनुसार कारवाही हुने चेतावनी दिए ।
‘पार्टीमा हामी सबैले एकताबद्ध भएर काम गर्नुपर्छ । अनुशासनहीन भयो भने पार्टीको विधान छ, कानून छ, संसद नियमावली छ । दल सम्बन्धी कानून छ, यी सबै कुरामा ध्यानाकर्षण गराउँछु,’ ओलीले भने, ‘हामीले खोजेको एनार्किज्म होइन, सुसभ्य समाज स्थापनाका लागि अनुशासित पार्टी चाहिन्छ । भोलि भेला आह्वान गरेको छ, एमाले नेता सम्बद्ध कुनै गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई सजग र सचेत गराउन चाहन्छु ।’
आफूले बोलाएको चियापान कार्यक्रममा उपस्थित नभएको भन्दै ओलीले माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरे । ‘नाम लिन परेन, कसले बोलाएको चियापानमा जानुहुन्छ उहाँहरू, सबैलाई थाहा छ,’ ओलीले भने ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












