प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगेका छन् । यसअघिको बैठकमा सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै बैठकमै नबसेका प्रधानमन्त्री ओली मंगलबार भने समयमै सुरु भएको बैठकमा पुग्न सकेनन् ।
मंगलबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १ बजेर २ मिनेट जाँदा सञ्चालन गरेका थिए । आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने र सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन मात्रै गर्ने कार्यसूची थियो । मंगलबारको बैठक ७ मिनेट मात्रै चलेको थियो । प्रधानमन्त्री ओली भने बैठक सकिनेबित्तिकै १ बजेर ९ मिनेट जाँदा संसद् भवन पुगेका थिए ।
प्रधानमन्त्री मात्रै होइन, अधिकांश मन्त्रीहरु पनि बैठक सकिएपछि संसद् भवन पुगेका थिए । बैठक सकिएपछि संसद् भवन पुगेकी एक मन्त्रीले भनिन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको चियापानबाट आउँदाआउँदै बैठक त सकिएछ । चियापानले गर्दा संसद् बैठक छुट्यो ।’
मंगलबार बालुवाटारमा ओलीले सांसद र केन्द्रीय सदस्यलाई चियापानमा बोलाए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम समूहले भने बहिष्कार गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि पुन:स्थापित भएपछि ३ दिन संसद् बैठक बसिसकेको छ । तर प्रधानमन्त्री ओली तीनै दिनका बैठकमा उपस्थित भएनन् । फागुन २३ र २६ गतेको बैठक भने ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका थिए ।
प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












