प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगेका छन् । यसअघिको बैठकमा सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै बैठकमै नबसेका प्रधानमन्त्री ओली मंगलबार भने समयमै सुरु भएको बैठकमा पुग्न सकेनन् ।
मंगलबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १ बजेर २ मिनेट जाँदा सञ्चालन गरेका थिए । आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने र सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन मात्रै गर्ने कार्यसूची थियो । मंगलबारको बैठक ७ मिनेट मात्रै चलेको थियो । प्रधानमन्त्री ओली भने बैठक सकिनेबित्तिकै १ बजेर ९ मिनेट जाँदा संसद् भवन पुगेका थिए ।
प्रधानमन्त्री मात्रै होइन, अधिकांश मन्त्रीहरु पनि बैठक सकिएपछि संसद् भवन पुगेका थिए । बैठक सकिएपछि संसद् भवन पुगेकी एक मन्त्रीले भनिन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको चियापानबाट आउँदाआउँदै बैठक त सकिएछ । चियापानले गर्दा संसद् बैठक छुट्यो ।’
मंगलबार बालुवाटारमा ओलीले सांसद र केन्द्रीय सदस्यलाई चियापानमा बोलाए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम समूहले भने बहिष्कार गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि पुन:स्थापित भएपछि ३ दिन संसद् बैठक बसिसकेको छ । तर प्रधानमन्त्री ओली तीनै दिनका बैठकमा उपस्थित भएनन् । फागुन २३ र २६ गतेको बैठक भने ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका थिए ।
प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












