नेपाल समुहलाई पोखरेलको कटाक्षः जति रिस उठेनि घर त आफ्नै हो नि..
विधि र पद्धतिलाई लिएर पोखरेलले उठाए नेपाल समूहमाथि प्रश्न
काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेले विधि र पद्धतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथि प्रश्न उठाएका छन्।
पार्टीमा सबै विधि र पद्धतिको कुरा गर्नेले अध्यक्ष र महासचिवको सहमतिविनै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि प्रश्न उठाएका हुन्।
उनले जति रिस उठेको भए पनि घरभित्र सल्लाह गर्नुपर्ने धारणा राखेका छन्।
‘पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमति नचाहिने भएपछि के विधि र पद्धतिको कुरा गरिरहनु? जति रिस उठे नि घर त आफ्नै हो नि…’, बुधबार बिहान मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमती नचाहिने भएपछि के विधि र पद्धतीको कुरा गरिरहनु? जति रिस उठेनि घर त आफ्नै हो नि..
Posted by Shankar Pokhrel on Tuesday, March 16, 2021
नेकपा एमाले भित्रको विवाद उत्कर्षकमा पुगेपछि वरिष्ठ नेता नेपाल पक्षकले बुधबार र बिहीबार लतिलपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन्। भेलाको केही समय अगाडि मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि यस्तो प्रश्न उठाएका छन्।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा भेला नगर्न र नेता कार्यकर्तालाई भेलामा नजान निर्देशन दिएका थिए।
त्यस्तै महासचिव ईश्वर पोखरेले पनि एक विज्ञप्ति प्रकाशित गर्दै भेला नगर्न निर्देशन दिएका थिए।
नेपाल समूहले भने मंगलबार नै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको धम्कीबाट नडराउने र भेला गरेरै छाड्ने बताएको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












