कांग्रेसको प्रश्न- अदालतले असंवैधानिक कदम भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?
काठमाडाैँ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।
उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।
‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, अदालतले असवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तिको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन,’ प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै खाँणले भने।
उनले अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न थालिएको बताए।
सरकार बनेकै दिनबाट विचार अभिव्यक्तिमाथि प्रहार भएको, माइतीघरमा प्रदर्शन गर्न राेक लगाइएकाे र त्यसविरुद्ध अदालत जानुपरेको उनले स्मरण गरे।
मिडिया विधेकय, गुठी विधेयक किन ल्याउन परेको भनी उनले प्रश्न गरे। महाअभियोग आउँछ भनेर सदनको बैठक नै अन्तय गर्दिेने? उनको प्रश्न थियो।
सरकारले संस्कृति, परम्परा, विचार अभिव्यक्तिमा बन्देज लगाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्ति खतरनाक भएको बताए। सरकारले नागरिकको गोपनीयता समाप्त गर्ने विधेयक ल्याएकोमा पनि उनले आपत्ति जनाए।
कोभिडको महामारीमा गम्भीर छलफल गरौं, संक्रमण रोक्न छलफल गरौं भन्दा भूमिगत शैलीमा संसदको बैठक नै अन्त्य गरेको भन्दै उनले सरकारको आलोचना गरे।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको स्मरण गरे। उनले सरकारको अधिनायकवाद, सर्वसत्तावादविरुद्ध र संविधानको रक्षाका लागि कांग्रेसले आन्दोलन गर्नुपरेको उनको भनाइ थियो।
सरकारको असंवैधानिक कदम र अधिनायकवादको यात्रामा रोक्न सबैको समर्थन रहेको समेत उनले बताए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












