कांग्रेसको प्रश्न- अदालतले असंवैधानिक कदम भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?
काठमाडाैँ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।
उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।
‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, अदालतले असवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तिको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन,’ प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै खाँणले भने।
उनले अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न थालिएको बताए।
सरकार बनेकै दिनबाट विचार अभिव्यक्तिमाथि प्रहार भएको, माइतीघरमा प्रदर्शन गर्न राेक लगाइएकाे र त्यसविरुद्ध अदालत जानुपरेको उनले स्मरण गरे।
मिडिया विधेकय, गुठी विधेयक किन ल्याउन परेको भनी उनले प्रश्न गरे। महाअभियोग आउँछ भनेर सदनको बैठक नै अन्तय गर्दिेने? उनको प्रश्न थियो।
सरकारले संस्कृति, परम्परा, विचार अभिव्यक्तिमा बन्देज लगाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्ति खतरनाक भएको बताए। सरकारले नागरिकको गोपनीयता समाप्त गर्ने विधेयक ल्याएकोमा पनि उनले आपत्ति जनाए।
कोभिडको महामारीमा गम्भीर छलफल गरौं, संक्रमण रोक्न छलफल गरौं भन्दा भूमिगत शैलीमा संसदको बैठक नै अन्त्य गरेको भन्दै उनले सरकारको आलोचना गरे।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको स्मरण गरे। उनले सरकारको अधिनायकवाद, सर्वसत्तावादविरुद्ध र संविधानको रक्षाका लागि कांग्रेसले आन्दोलन गर्नुपरेको उनको भनाइ थियो।
सरकारको असंवैधानिक कदम र अधिनायकवादको यात्रामा रोक्न सबैको समर्थन रहेको समेत उनले बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












