प्रधानमन्त्री ओलीलाई पम्फा भुषालको प्रश्नः जिताहा शासक जस्तो गरेर हिँड्ने ?
काठमाडाैँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिँदा पनि प्रधानमन्त्री जिताहा शासकजस्तो गरेर हिँड्ने गरेको माओवादीको आरोप छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अधिवेशन आह्वानको अवसरमा मन्तव्य राख्दै माओवादीकी प्रभावशाली नेतृ एवं सांसद पम्फा भुसालले सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना भएपछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएकी हुन् ।
‘नैतिकताको विषय हो भने राजनीतिमा मूल्य हुन्छ । मैले सोचेकी थिएँ, फागुन ११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिने छ । अहिले पनि बढो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ? जिम्मेवारी नलिने राजनीतिज्ञका कारण राजनीति बदनाम छ,’ भुसालले भनिन् ।
नेतृ भुसालले प्रतिनिधि सभा विघटन सही थियो भनेर गतल कामको पुष्टि गर्नुभन्दा सच्चिएर अगाडि बढ्न अपिल गरिन् । ‘चुनाव रे, आफूले भनेजस्तो नहुँदा । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले जनतालाई भ्रममा दिनुभएको छ । अहिलेको निर्वाचन प्रणालीमा बहुमत आउँदैन, दुईतिहाइको भ्रम छरेर लाज छोप्ने कुरा नगर्नुस्,’ उनले भनिन् ।
माओवादीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा आफूहरूको विरोध नरहेको स्पष्ट गर्यो । ‘एसिड आक्रमणविरुद्धको अध्यादेशको कसैले विरोध गरेको छैन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका हौं ।
कार्यव्यवस्था परामर्श समितिमा बिजनेस दिन नसक्ने अनि सभामुखलाई गाली गर्दै हिँड्ने काम बन्द होस्,’ भुसालले भनिन् ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











