अमेरिकी रक्षा मन्त्री अस्टिनले गरे अप्रत्याशित रुपमा अफगानिस्तान भ्रमण
एजेन्सि । अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले अप्रत्यासित रुपमा अफगानिस्तानको भ्रमण गरेका छन् ।
रक्षा मन्त्री अस्टिनको अघोषित भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सैनिक फिर्ता लैजाने तयारीको केही हप्ता पहिले अस्टिन अप्रत्याशित रुपमा यात्रामा निस्किएका हुन् । रक्षा मन्त्री अस्टिनले अफगान राष्ट्रपति अश्रफ घानीसँगको भेटपछि जिम्वेवारीपूर्ण तवरले युद्धको अन्त्य गरिनु पर्ने बताए ।
तर उनले सेना फिर्ता लैजाने समय सीमामा त्यो पूरा हुने नहुने केही खुलाएनन् । उच्च तहमा रहेको हिंसा कम गर्नेमा ध्यान केन्द्रित हुनु पर्ने र द्वन्द्व अन्त्यका लागि वार्तालाई बढावा दिनु पर्ने रक्षा मन्त्री अस्टिनले बताए ।
अमेरिकी सेना फिर्ता लैजाने बारे गएको वर्ष तालिबान र तत्कालीन ट्रम्प प्रशासनबिच सहमति भएको थियो । तर बिद्रोही र अफगान सरकारबिचको वार्ताको वाचा भने अझै पनि प्रश्नको घेरामै छ ।
यसअघि तय भएको मे १ को सीमा निकै कठिन रहेको अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनले बताएका छन् । पूर्व सहमति अनुसार आउँदो १ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने छ ।
आफ्नो चासो सैनिक फिर्ता बोलाउँदा तालिबान बिद्रोहीको गतिविधि थप सक्रिय हुन्छ कि भन्नेमा रहेको बाइडेनले बताएका छन् ।
अफगानिस्तान भ्रमण गर्ने बाइडेन मन्त्रीमण्डलका अस्टिन पहिलो सदस्य हुन् । एशियाको छोटो यात्राको अन्त्यमा अस्टिन आइतबार काबुल गएका हुन् ।
पत्रकारसँग कुरा गर्दै रक्षा मन्त्री अस्टिनले अफगानिस्तानमा हिंसात्मक गतिविधि अझै पनि उच्च तहमा रहेको र आफूहरुको चाहना त्यो अन्त्य भएको हेर्नु रहेको बताए ।
पूर्णरुपमा सहमति नभई विदेशी सैनिक फिर्ता भएमा अफगानिस्तानमा पुनः तालिबान शक्तिमा आउने चिन्ता रहँदै आएको छ ।
अफगानिस्तानमा अझै पनि झण्डै २५ सय अमेरिकी सैनिक छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












