प्रतिनिधिसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।
यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश हुन सक्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसअतिरिक्त उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि फागुन २३ मा शुरू भएको संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको छैन ।
बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन् ।
सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाएका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल-नेपाल खेमा र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् ।
फागुन २३ मा सर्वोच्च अदालतले साविक नेकपाको एकतालाई अवैध ठहर गरेपछि सरकार गठनमा निर्णायक बनेका कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीमा आफ्नै दलको नेतृत्व दाबी गरिरहेका छन् ।
भावी प्रधानमन्त्रीको सुनिश्चितता हुनेवित्तिकै केपी शर्मा प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा विपक्षी दलहरू रहँदा नेकपा एमालेको ओली खेमा त्यसलाई असफल बनाउने सरकारी रणनीतिमा छ ।
राजनीतिक गतिरोधकै कारण दर्जनौँ विचाराधीन विधेयक संसदमा छलफलका लागि अघि बढ्न सकेको छैन ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












