भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा राष्ट्रवादी सरकार खै ?: सांसद बडू
काठमाडौँ । भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बडूले समय माग गरेर दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘दार्चुला सदरमुकामको गल्फै गाउँमा नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको छ,’ दार्चुलाका सांसद बडूले भने, ‘भारतका एसडीएम र डीएमसँग भनियो तर कुनै सुनुवाइ भएको छैन । जनताले पटकपटक विरोध गर्दा पनि केही जवाफ आएको छैन । पटकपटक ताकेता भएको छ गृहमन्त्रालयमा तर नेपाल सरकार मौन समर्थथन गरिरहेको छ ।’
बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको बडूको भनाइ छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारीले केन्द्रमा सरकारले नै पहल गर्नुपर्ने तर केही नगरेको भनेर गुनासो पोखेको बताए ।
भारतले नेपाली भूमिका जिल्ला अस्पताल, सामुदायिक वन क्षेत्र, मन्दिर र अन्य सरकारी कार्यालय पनि भारतीय भूमिमा जान लागेको बडूको भनाइ छ ।
भारतले विभातमा एकतर्फी नदीमा निर्माण गरेकाले नेपाली भूमि भत्किएको तर अहिले आएर नेपाल तर्फ नै निर्माण थालेको प्रति बडूले सरकारको ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले जिम्मेवारी पूरा नगरेको र प्रमुख जिल्ला अधिकारी केन्द्र सरकारको आदेश कुरेर बसिरहेको उनले संसद्मा बताए । यस्तो अवस्थामा पनि सरकार मौन बसेको उनको भनाइ थियो । उनले तत्काल उक्त भूमिमा निर्माण कार्य रोक्न माग गरेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












