‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् ।
शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए । तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’
त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताए । यद्यपि त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए ।
त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्डले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।’
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले अहिले नेपालीहरु निरिह हुन थालेको वा हेपिन थालेको हो कि भन्ने लागेको बताए ।
उनले भने, ‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी गर्यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि ? तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।’
नेपालीहरुलाई निरिह बनाउने खतरा रहेको भन्दै प्रचण्डले सचेत हुनुपर्ने पनि बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












