एमाले नेता नेपालले नै मागे अध्यक्ष ओलीसँग जवाफ (पूर्णपाठसहित)
काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उल्टै प्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई १३ प्रतिप्रश्न गर्दै पत्र लेखेका हुन् ।
पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले पत्र आएको जानकारी दिए । पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने खालको रहेको बताएका छन् ।
पत्रमा नेपालले ओलीलाई प्रचण्डको मतियार भएको प्रति आरोप लगाएका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन,’ उनले भने ।
केन्द्रीय कमिटी बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न नेपालले ओलीलाई पत्रमा गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप नेपालको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको आरोप पनि नेपालले लगाएका छन् ।
पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो,’ नेपालले ओलीलाई पत्रमा प्रश्न गरेका छन् ।
फागुन २८ गतेको निर्णय बदर गर्न किन चाहनु भएन भन्ने प्रश्न पनि नेपालले गरेका छन् ।
पार्टीको विधान र प्रक्रिया विपरित नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधान संशोधन गर्नेजस्ता निर्णय गरिएको भनि सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम गरेको नेपालको प्रश्न छ ।
फागुन ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले ४ नेतालाई स्पष्टीकरण सोधेका थिए ।
यसैबीच, नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै स्पष्टिकरण पठाएका छन् ।
पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् ।
यस्तो छ नेता नेपालले ओलीलाई पठाएको पत्र (पूर्ण पाठ)
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












