खनाल र नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बिहान ११ बजे बस्ने भने पनि बैठक केही ढिलो गरी सुरु हुने जनाइएको छ । उक्त पक्षमा नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्ने छन् ।
उनले भने, ‘हिजो संसदीय दलको बैठकमा सहभागी हुनुभएका नेताहरुले त्यहाँ भएको गतिविधिबारे केन्द्रीय सदस्यलाई जानकारी दिनुहुन्छ । साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श गर्छौं ।’ आजको छलफल हिजोका छलफल कै निरन्तरता भएको उनको भनाइ छ ।
शुक्रबार पनि कलंकीस्थित एक प्यालेसमा खनाल-नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो । सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सांसद संसदीय दलको बैठकमा सहभागी भएका थिए ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष ओली र खनाल र नेपाल समूहबीचको विवाद उत्कर्षमा छ ।
ओलीले एमाले ब्यूँतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।
पार्टीका एकता जोगाउन ०७५ जेष्ठ २ कै पार्टी संरचनामा जानुपर्ने खनाल नेपाल पक्षको अडान छ । अध्यक्ष ओलीले भने संसद विघटनपछि तत्कालीन (नेकपा) हुँदा नै आफूले बनाएका कमिटीलाई एमालेको पार्टी कमिटीमा रुपान्तरण गरेका छन् ।
साथै फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर गरिएका गरिएका निर्णय पनि फिर्ता नलिने अडानमा छन् । ओलीले नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाहीको तयारी थालेका छन् ।
नेपाल र रावलले पार्टीलाई बुझाएको प्रष्टीकरण कारबाही योग्य भएको ओलीले बताइसकेका छन् । आजको छलफलमा ओलीले कारबाही गरेको खण्डमा कसरी जाने भन्नेबारे पनि विमर्श हुने पन्तले बताए ।
हिजोकै स्थानमा बैठक बस्ने र अहिले त्यहाँ गइरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












