एकाविहानै ‘ह्याप्पी होली’ भन्दै मधेसी नेतालाई प्रचण्डको फोन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोन गरे ।
प्रचण्डको फोन आउँदा मधेसी नेताहरु नयाँ सरकार गठनबारे कुरा गर्न लागेका हुन् भन्ने सोचाइमा थिए । तर, प्रचण्डले राजनीतिको कुरो गरेनन् ।
जसपाका एक नेताका अनुसार प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेका हुन् । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका थिए ।
पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा मनाउने प्रचलन छ ।
ओलीविरोधी समीकरणमा आउन हिच्किचाइरहेका मधेसी नेताहरुलाई प्रचण्डले राजनीतिक कुराकानी नगरे पनि होलीको शुभकामना दिएर सम्बन्ध सुधार्न खोजेको हुन सक्ने जसपा नेताहरु बताउँछन् । जसपाका एक नेताले भने, ‘उहाँले फोन गरेर होलीको शुभकामना दिनुभयो, हामीले पनि शुभकामना दियौँ ।’
यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा माओवादी केन्द्र र जसपाबीच थप संवाद अगाडि बढाउने तयारी भइरहेको माओवादीका एक नेताले बताए ।
जसपाका शीर्ष नेतामध्ये उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीविरोधी मोर्चा बनाउने लाइनमा भए पनि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुलाई चाहिँ केपी ओलीले सकेसम्म आफ्नो कित्तामा ल्याउने, नसके पनि तटस्थ राख्ने प्रयास गरिरहेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












