नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको ताजा प्रक्षेपण
काठमाडाैँ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकले ताजा प्रक्षेपण गरेको छ।
विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो।
त्यस्तै अर्को वर्ष ३.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण पनि उसले गरेको छ।
खासगरी कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०२३ सम्म ५.१ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ।
रेमिट्यान्स अनुमान गरेभन्दा बढी भित्रिँदा त्यसको फाइदा पुगेको रिपोर्टमा उल्लेख छ।
यसअघि विश्व बैंकले गत जनवरीमा २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो। त्यसअघि सन् २०२० को अक्टोबरमा मा पनि बैंकले १.४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो।
दक्षिण एसियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ। त्यस्तै सन् २०२२ मा ४.४ प्रतिशत वृद्धि हासिल हुने उसले जनाएको छ।
सन् २०२० मा यस क्षेत्रको आर्थिक वृद्धिदर ऐतिहासिक रुपमा न्यूनविन्दुमा पुगे पनि अहिले भने अर्थतन्त्रहरु चलायमान हुन थालेको विश्व बैंकले जनाएको छ। यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुमा विद्युत् उपभोग बढ्नु र यातायात क्षेत्रले काम गरेको उल्लेख गरिएको छ।
बंगलादेश, नेपाल र पाकिस्तान सबैको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान गरेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












