केएफसी अब सिजी ल्यान्डमार्क भरतपुरमा
चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ ।
केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो ।
उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार गरेका हुन् । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनलले नेपाल प्रालिले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्रणी विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पु¥याउने सिजी ल्यान्डमार्कको उद्देश्य अनुरुप केएफसीलाई चितवन भित्र्याएको बताए ।
पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवद्र्धनमा समेत योगदान गर्ने अर्यालले बताए । केएफसीले अन्तर्राष्ट्रिय स्वादका परिकार पस्केर चितवनसँग सुमधुर सम्बन्ध विकास गर्ने समेत उनले बताए ।
सिजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवन शैलीमा उचाइ थप्ने उनको भनाइ छ ।
कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको केएफसीले ग्राहकलाई संक्रमणबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरको चार तहको सुरक्षा मापदण्ड अपनाएको छ । केएफसीका सम्पूर्ण परिकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार हुने र उच्च गुणस्तरका छन् ।
यो रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको छ । यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्नेछ । रेस्टुँराले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत होम डेलिभरी सेवा सुरु गरिसकेको छ । यो रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












