केएफसी अब सिजी ल्यान्डमार्क भरतपुरमा
चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ ।
केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो ।
उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार गरेका हुन् । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनलले नेपाल प्रालिले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्रणी विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पु¥याउने सिजी ल्यान्डमार्कको उद्देश्य अनुरुप केएफसीलाई चितवन भित्र्याएको बताए ।
पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवद्र्धनमा समेत योगदान गर्ने अर्यालले बताए । केएफसीले अन्तर्राष्ट्रिय स्वादका परिकार पस्केर चितवनसँग सुमधुर सम्बन्ध विकास गर्ने समेत उनले बताए ।
सिजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवन शैलीमा उचाइ थप्ने उनको भनाइ छ ।
कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको केएफसीले ग्राहकलाई संक्रमणबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरको चार तहको सुरक्षा मापदण्ड अपनाएको छ । केएफसीका सम्पूर्ण परिकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार हुने र उच्च गुणस्तरका छन् ।
यो रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको छ । यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्नेछ । रेस्टुँराले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत होम डेलिभरी सेवा सुरु गरिसकेको छ । यो रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












