खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडाैँ । अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भई छुट्टै कमिटी बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने उद्घोष गरेको नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आज स्थायी कमिटी बैठक राख्दै छ।
एक नेताका अनुसार बैठक अहिले बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्नेछ।
‘बिहान ११ बजे स्थायी समितिको अनौपचारिक बैठक बस्न लागेको हो,’ ती नेताले भने।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को गर्दै आफ्ना पक्षका नेतालाई धमाधम कारबाही गर्न थालेपछि रणनीति बनाउन नेपाल पक्षले आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक गर्न लागेको हो।
पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेलको नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भएको फैसला गरेपछि ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र टक्कर परिरहेको छ।
अदालतको फैसला आएको एक हप्ता पनि नबित्दै ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखी माधव नेपाल र झलनाख खनाल पक्षका पद र जिम्मेवारी मात्र खोसेनन् गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाए।
जसका कारण रुष्ट बनेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालगायत छुट्टै गतिविधि गरिरहेको छ, समानान्तर कमिटी बनाइरहेको छ। यही आरोपमा ओलीले नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यतबाट समेत निलम्बन गरिसकेका छन्। एमाले लगभग फुट्ने संघारमा पुगिसकेको छ।
माधवकुमार नेपाल र भीम रावलपछि हिजो (बिहीबार) मात्र अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षले देशव्यापी समानान्तर कमिटी गठन गर्ने घोषणा गरिसकेको छ। यसबीच उसले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायत भ्रातृ संगठनको त अलग्गै कमिटी बनाइसेकेको छ।
आजको बैठकमा देशव्यापी अभियानका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने नेपाल पक्षका एमाले नेताले बताएका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












