खनाल–नेपाल पक्षको स्थायी समिति बैठक सुरु
काठमाडौं । एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ ।
कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको हो ।
बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
आजकाे बैठकले खनाल–नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । साे समुहका एक नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












