कांग्रेसको निर्णयपछि– उघ्रेको नयाँ सत्ता समीकरणको ढोका ?
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत्र १९ गते शुक्रवार केन्द्रीय समितिको बैठकबाट निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्यो ।
संसदीय व्यवस्थामा ‘वेटिङ गभर्मेन्ट’ भनेर चिनिने प्रतिपक्षले सरकारको नेतृत्वका लागि अग्रसरता लिने भनेर निर्णय गरेपछि त्यसले स्वाभाविक रूपमा राजनीतिक तरंग सिर्जना गरेको छ ।
सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा प्रतिनिधि सभा पुनःस्थापना भएको एक महिना पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि राजीनामाको माग गर्ने प्रस्ताव पढेर सुनाएका थिए ।
‘परिस्थिति परिपक्व’ भइनसकेको भन्दै कांग्रेसले यसअघि नयाँ सरकार गठनका लागि अग्रसरता लिन इच्छा व्यक्त गरेको थिएन । राजनीतिक परिस्थिति र समीकरणमा तात्विक भिन्नता आइनसकेको अवस्थामा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
नयाँ सरकारको सम्भावना ?
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दुई दिनपछि तत्कालीन नेकपाले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्यो ।
ओलीलाई हटाएर संसदीय दलको नेता बनेपछि पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताएका थिए ।
‘सबै राष्ट्रिय राजनीतिक दलहरू जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, ती सबैलाई एकताबद्ध गर्नु, इमान्दारिता पूर्वक सहकार्य गर्नु । त्यो एकताको बलमा प्रतिनिधि सभालाई जीवित तुल्याउनु र राष्ट्र तथा जनताको अपेक्षाअनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ,’ संसदीय दलको नेता चयन भएपछि प्रचण्डले भनेका थिए ।
प्रतिनिधि सभा पुनःस्थापना त भयो तर नयाँ सरकार बन्ने कुनै संकेत देखिएन । कांग्रेसको शुक्रवारको निर्णय पनि कतै पुस ७ गते प्रचण्डले दिएको अभिव्यक्ति जस्तै हो कि भनेर टिप्पणी भइरहेको छ ।
सरकारको नेतृत्व लिन सभापति शेरबहादुर देउवाले खासै तत्परता देखाएका छैनन् । फागुन १९ गते चितवनमा पुगेर सरकारको नेतृत्वका लागि जिम्मेवारी आए भाग्नेवाला छैन भनेर प्रतिक्रिया दिएका देउवाले चैत्र ११ गते विराटनगरमा पुगेर दुई हप्ता अगाडिको भनाइ ‘करेक्सन’गर्दै प्रतिपक्षमा रहेको कांग्रेस सरकारमा जान हतार नगर्ने बताएका थिए ।
केन्द्रीय समितिबाट सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको कांग्रेसले प्रतिनिधि सभा पुनःस्थापनापछि संसद् बैठकमा प्रधानमन्त्रीको राजीनामाबारे जोडदार ढंगले कुरा उठाएको छैन ।
चैत ६ गते प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रतिनिधि सभा पुनःस्थापना भइसकेको अवस्थामा सरकारले नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका थिए ।
प्रतिनिधि सभा पुनःस्थापना भएपछिको झण्डै सवा महिनामा नयाँ सरकार गठनको कसरत भए पनि यसले मूर्त रूप लिन सकेको छैन । सत्ता समीकरणमा निर्णायक मानिएको जसपा अनिर्णित बन्दा सत्ता समीकरणको प्रारूप बन्न सकेको छैन । नयाँ गठबन्धन बनाउने कि अहिलेकै सरकारसँग सहमति गरेर अगाडि बढ्ने भन्नेमा राजपाभित्र मतभेद छ ।
संसदीय अंकगणितमा कांग्रेस र राजपा मिलेर मात्र सरकार बन्न सक्ने परिस्थिति छैन । नयाँ सरकार बन्नका लागि संसदमा १३८ सांसद आवश्यक हुन्छ ।
कांग्रेससँग प्रतिनिधि सभामा ६३ सांसद छन्, ती मध्ये २ जना निलम्बनमा छन् । माओवादी केन्द्रसँग ५३ सांसद छन्, त्यसमध्ये ४ जना नेकपा एमालेको केपी शर्मा ओली पक्षमा लागेका छन् । अग्नि सापकोटा सभामुख रहेका कारण उनले भोट हाल्न पाउँदैनन् । स्वतन्त्र हैसियतमा रहेका छक्कबहादुर लामा जोड्दा माओवादीको संख्या ४८ पुग्छ ।
कांग्रेसको (६१) र माओवादीको (४८) जोड्दा १ सय ९ पुग्छ । प्रधानमन्त्रीका लागि बहुमत पुर्याउन अरू २९ भोट आवश्यक पर्छ । यसका लागि सग्लो जसपाले समर्थन गर्नुपर्ने हुन्छ ।
जसपासँग कुल ३४ सांसद छन्, तीमध्ये २ जना निलम्बित रहेकाले मतदानमा उपलब्ध हुनसक्ने सांसदको संख्या ३२ मात्र छ ।
वार्ता टोली बनाएर सरकारसँग अनौपचारिक संवादमा रहेको जसपा नयाँ गठबन्धनको पक्षमा देखिएको छैन ।
यो अवस्थामा नयाँ सरकार गठनको सम्भावना त्यति सहज देखिँदैन ।
माओवादी स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल वैकल्पिक सरकार गठनको सम्भावना बढेर गएको बताउँछन् ।
‘प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन हुन नसकेपनि संयुक्त रूपमा प्रहार भएको थियो, ती शक्तिहरू मिलेर वैकल्पिक सरकार बनाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ,’ पोखरेलले भने, ‘आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयपछि परिस्थिति सकारात्मक दिशातर्फ उन्मुख छ ।’
जसपा पनि ओलीइतरको गठबन्धनमा सहभागी हुने पोखरेलको विश्वास छ । ‘अन्यथा उसले आफू परिवर्तनको पक्षमा छु भनेर दाबी गर्ने अधिकार राख्दैन,’ पोखरेल भन्छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले प्रधानमन्त्रीको राजीनामा माग गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेस सुझबुझपूर्ण ढंगले अगाडि बढ्ने बताए ।
‘तीनवटा दल मिल्दा जम्मा १४० पुग्ने अवस्था छ, यस्तो अवस्थामा सरकार बनाउनकै लागि कांग्रेसले जस्तोसुकै शर्त स्वीकार गर्दैन,’ खड्काले भने ।
तर मुलुकलाई निकास दिनेगरी सरकार बनाउने पहल भने कांग्रेसले लिइराख्ने खड्काले बताए । ‘जसले प्रतिनिधि सभा विघटन गर्यो, उसैको नेतृत्वको सरकार रहिरहनु उपयुक्त हुँदैन भनेर नयाँ सरकार बनाउनु पर्छ भन्ने कांग्रेसको निष्कर्ष हो,’ खड्काले भने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












