कांग्रेसको निर्णयपछि– उघ्रेको नयाँ सत्ता समीकरणको ढोका ?
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत्र १९ गते शुक्रवार केन्द्रीय समितिको बैठकबाट निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्यो ।
संसदीय व्यवस्थामा ‘वेटिङ गभर्मेन्ट’ भनेर चिनिने प्रतिपक्षले सरकारको नेतृत्वका लागि अग्रसरता लिने भनेर निर्णय गरेपछि त्यसले स्वाभाविक रूपमा राजनीतिक तरंग सिर्जना गरेको छ ।
सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा प्रतिनिधि सभा पुनःस्थापना भएको एक महिना पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि राजीनामाको माग गर्ने प्रस्ताव पढेर सुनाएका थिए ।
‘परिस्थिति परिपक्व’ भइनसकेको भन्दै कांग्रेसले यसअघि नयाँ सरकार गठनका लागि अग्रसरता लिन इच्छा व्यक्त गरेको थिएन । राजनीतिक परिस्थिति र समीकरणमा तात्विक भिन्नता आइनसकेको अवस्थामा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
नयाँ सरकारको सम्भावना ?
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दुई दिनपछि तत्कालीन नेकपाले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्यो ।
ओलीलाई हटाएर संसदीय दलको नेता बनेपछि पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताएका थिए ।
‘सबै राष्ट्रिय राजनीतिक दलहरू जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, ती सबैलाई एकताबद्ध गर्नु, इमान्दारिता पूर्वक सहकार्य गर्नु । त्यो एकताको बलमा प्रतिनिधि सभालाई जीवित तुल्याउनु र राष्ट्र तथा जनताको अपेक्षाअनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ,’ संसदीय दलको नेता चयन भएपछि प्रचण्डले भनेका थिए ।
प्रतिनिधि सभा पुनःस्थापना त भयो तर नयाँ सरकार बन्ने कुनै संकेत देखिएन । कांग्रेसको शुक्रवारको निर्णय पनि कतै पुस ७ गते प्रचण्डले दिएको अभिव्यक्ति जस्तै हो कि भनेर टिप्पणी भइरहेको छ ।
सरकारको नेतृत्व लिन सभापति शेरबहादुर देउवाले खासै तत्परता देखाएका छैनन् । फागुन १९ गते चितवनमा पुगेर सरकारको नेतृत्वका लागि जिम्मेवारी आए भाग्नेवाला छैन भनेर प्रतिक्रिया दिएका देउवाले चैत्र ११ गते विराटनगरमा पुगेर दुई हप्ता अगाडिको भनाइ ‘करेक्सन’गर्दै प्रतिपक्षमा रहेको कांग्रेस सरकारमा जान हतार नगर्ने बताएका थिए ।
केन्द्रीय समितिबाट सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेको कांग्रेसले प्रतिनिधि सभा पुनःस्थापनापछि संसद् बैठकमा प्रधानमन्त्रीको राजीनामाबारे जोडदार ढंगले कुरा उठाएको छैन ।
चैत ६ गते प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रतिनिधि सभा पुनःस्थापना भइसकेको अवस्थामा सरकारले नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका थिए ।
प्रतिनिधि सभा पुनःस्थापना भएपछिको झण्डै सवा महिनामा नयाँ सरकार गठनको कसरत भए पनि यसले मूर्त रूप लिन सकेको छैन । सत्ता समीकरणमा निर्णायक मानिएको जसपा अनिर्णित बन्दा सत्ता समीकरणको प्रारूप बन्न सकेको छैन । नयाँ गठबन्धन बनाउने कि अहिलेकै सरकारसँग सहमति गरेर अगाडि बढ्ने भन्नेमा राजपाभित्र मतभेद छ ।
संसदीय अंकगणितमा कांग्रेस र राजपा मिलेर मात्र सरकार बन्न सक्ने परिस्थिति छैन । नयाँ सरकार बन्नका लागि संसदमा १३८ सांसद आवश्यक हुन्छ ।
कांग्रेससँग प्रतिनिधि सभामा ६३ सांसद छन्, ती मध्ये २ जना निलम्बनमा छन् । माओवादी केन्द्रसँग ५३ सांसद छन्, त्यसमध्ये ४ जना नेकपा एमालेको केपी शर्मा ओली पक्षमा लागेका छन् । अग्नि सापकोटा सभामुख रहेका कारण उनले भोट हाल्न पाउँदैनन् । स्वतन्त्र हैसियतमा रहेका छक्कबहादुर लामा जोड्दा माओवादीको संख्या ४८ पुग्छ ।
कांग्रेसको (६१) र माओवादीको (४८) जोड्दा १ सय ९ पुग्छ । प्रधानमन्त्रीका लागि बहुमत पुर्याउन अरू २९ भोट आवश्यक पर्छ । यसका लागि सग्लो जसपाले समर्थन गर्नुपर्ने हुन्छ ।
जसपासँग कुल ३४ सांसद छन्, तीमध्ये २ जना निलम्बित रहेकाले मतदानमा उपलब्ध हुनसक्ने सांसदको संख्या ३२ मात्र छ ।
वार्ता टोली बनाएर सरकारसँग अनौपचारिक संवादमा रहेको जसपा नयाँ गठबन्धनको पक्षमा देखिएको छैन ।
यो अवस्थामा नयाँ सरकार गठनको सम्भावना त्यति सहज देखिँदैन ।
माओवादी स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल वैकल्पिक सरकार गठनको सम्भावना बढेर गएको बताउँछन् ।
‘प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन हुन नसकेपनि संयुक्त रूपमा प्रहार भएको थियो, ती शक्तिहरू मिलेर वैकल्पिक सरकार बनाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ,’ पोखरेलले भने, ‘आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयपछि परिस्थिति सकारात्मक दिशातर्फ उन्मुख छ ।’
जसपा पनि ओलीइतरको गठबन्धनमा सहभागी हुने पोखरेलको विश्वास छ । ‘अन्यथा उसले आफू परिवर्तनको पक्षमा छु भनेर दाबी गर्ने अधिकार राख्दैन,’ पोखरेल भन्छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले प्रधानमन्त्रीको राजीनामा माग गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेस सुझबुझपूर्ण ढंगले अगाडि बढ्ने बताए ।
‘तीनवटा दल मिल्दा जम्मा १४० पुग्ने अवस्था छ, यस्तो अवस्थामा सरकार बनाउनकै लागि कांग्रेसले जस्तोसुकै शर्त स्वीकार गर्दैन,’ खड्काले भने ।
तर मुलुकलाई निकास दिनेगरी सरकार बनाउने पहल भने कांग्रेसले लिइराख्ने खड्काले बताए । ‘जसले प्रतिनिधि सभा विघटन गर्यो, उसैको नेतृत्वको सरकार रहिरहनु उपयुक्त हुँदैन भनेर नयाँ सरकार बनाउनु पर्छ भन्ने कांग्रेसको निष्कर्ष हो,’ खड्काले भने ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












