काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण, स्वास्थ्य मापदण्ड पालना नगरे जरिबाना
काठमाडौं । काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराए ।
उनका अनुसार नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ ।
त्यसको सबै व्यवस्थापन सरकारले गर्नेछ । नगरपालिका र गाउँपालिकामा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई नाका क्षेत्रमै रहेको हेल्थ डेस्कमा अनिवार्य परीक्षण गरिने छ ।
त्यहीँ नै एन्टिजेन परीक्षण गराउने र कोरोना पोजेटिभ देखिए पीसीआर परीक्षण गराउन यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
कोभिडको संक्रमण पुनः बढेको हुँदा यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।
“काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले नै स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्र्प व्यक्ति तोक्ने । एन्टिजेन किट स्वास्थ्य कार्यालयले उपलब्ध गराउने,” निर्णयमा भनिएको छ, “एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाउने ।”
त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।
“यसअघि सबै महा–नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन र क्वारेन्टिन सेन्टरहरुलाई अद्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ आफ्नो नगरपालिकाभित्र कम्तीमा एक एक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्ने,” निर्णयमा भनिएको छ, “स्वास्थ्यका मापदण्ड पालना नगरे दण्ड जरिबाना गर्ने । जनचेतना प्रचार प्रसार गर्न शिक्षक, नर्स, स्वास्थ्यकर्मीलाई परिचालन गर्ने ।”
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












