ओलीको कदमलाई हामीले प्रतिगामी भनेका थियौं, प्रतिगामनकारीसँग गठबन्धन हुँदैन: महिन्द्र राय यादव
पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन
जनता समाजवादी पार्टी (जसपा)नेता महिन्द्र राय यादवले प्रतिगमनविरोधी शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने बताएका छन्।
आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए।
‘हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ। यो राम्रो पक्ष हो,’ यादवले भने,’पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन।’
आफूहरूको समर्थन पाएरसमेत प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेको उनले बताए।
‘जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो भएन। अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन छ,’ उनले भने,’आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले हाम्रा माग पूरा गर्छु भनेर हुँदैन। हामीले प्रधानमन्त्री ओलीलाई साथ दिने कुनै निर्णय गरेका छैनौं र गर्ने सम्भावना पनि निकै कम छ।’
जसपाभित्र प्रधानमन्त्री ओलीको गठबन्धनमा जाने वा कांग्रेस-माओवादी गठबन्धनमा जाने भन्नेमा दुई धार देखिएको छ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका पूर्वराजपा पक्षधर ओलीसँग निकट छन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका पूर्व संघीय समाजवादी फोरम पक्षधरहरू कांग्रेस-माओवादीसँग गठबन्धन गर्ने पक्षमा छन्।
पूर्व राजपाभित्रै पनि ओलीसँग सहकार्य गर्न नहुने मत रहेको छ। जसपा नेता यादव पूर्वराजपा पक्षधर हुन्। उनी राजपा अध्यक्ष मण्डलका सदस्य थिए। २०७४ को निर्वाचनमा राजपाका तर्फबाट उनले सर्लाही -२ बाट निर्वाचन जितेका हुन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












