प्रधानमन्त्रीलाई गगन थापाको चुनौतीः तथ्य र तथ्यांकमा टेकेर संसद्मा बहस गराैँ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले सरकारले गरेका कामलाई लिएर संसद्मा बहस गर्न आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र चुनौती दिएका हुन् । प्रधानमन्त्रीले बाहिर ‘मिथ्यांक प्रस्तुत गर्दै’ मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।
‘मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको होइन । यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु । तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु,’ थापाले प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै भने, ‘म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने ?’
थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्बाट भागेर नजान भन्दै चुनौती दिए । उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै व्यंग गरे । थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए । मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको उनको भनाइ थियो ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले पटकपटक खानेपानी उद्घाटन गरेको, निर्माण सकिएको दुई वर्षपछि पनि पुलको उद्घाटन गरेको तथा काम बीचमा पुगेपछि विभिन्न योजनाको शिलान्यास गर्नु तमासा भएको थापाको भनाइ थियो । उनले शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राख्न खोजेका हुन् कि भनेर प्रश्न गरेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












