गगन थापालाई महेश बस्नेतको प्रश्न- रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ ?
काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले बस्नेतले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै कांग्रेस सांसद गगन थापालाई प्रतिप्रश्न गरेका छन्।
‘रानीपोखी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ,’ बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘एक दिनमा ३ सय ४६ अस्पताल शिलान्यास भएको कुराले किन हाम्रो टाउको दुख्दैछ ?’
आजकै बैठकमा कांग्रेस सांसद थापाले सरकारले कुनै हिसाब-किताब विनै शिलान्यास गरेर तामासा देखाएको अरोप लगाएका थिए।
बिना कुनै डिपीआर १ सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै थापाले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरेका थिए । थापाले भनेका थिए, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला ।’
त्यसको जवाफ दिँदै बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन भनेर हिम्मतसाथ भन्न चुनौती समेत दिए ।
‘१ सय ५६ वटा निर्वाचनसँग सम्बन्धित सडकहरू रणनीतिक सडकहरू शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?,’ थापाको नाम नलिकनै बस्नेतले भने, ‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् होइन भने यसको विरोध गर्नुको कारण जनताले महसुस गरेका छन् ।’
संसदमा प्रधानन्त्रीको अनुपस्थिति रहेको भन्ने प्रश्नको पनि बस्नेतले जवाफ दिए ।
उनले प्रधानमन्त्री तीनपटक संसद बैठकमा आइसकेको जानकारी समेत गराए । उनले भने, ‘म स्मरण गराउन चाहन्छु, बैठक एक महिनाको दौरानमा ६ पटक बस्यो । २३ गते प्रधानमन्त्री आएर एक घण्टा बसेर फर्किनुभयो । दोस्रो बैठकमा ४५ मिनेट बसेर फर्किनुभयो । तेस्रो बैठकमा तीस मिनेट बसेर फर्किनु भयो ।’
प्रधानमन्त्री आउँदा बैठक बस्न आलटाल गरेको अरोप समेत उनले लगाए । उनले भने, ‘जुन दिन प्रधानमन्त्री बैठकमा आउनुभयो, त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने, आलटाल गर्ने ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












