ओली र नेपालबीचको वार्ता सकियो
काठमाडाैँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
अध्यक्ष अोली र नेपालबीच बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।
२३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ । एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ । विवाद चिर्किदै गएपछि अध्यक्ष ओलीले माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुका साथै सोमबार मात्रै नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधका छन् ।
यसअघि बालुवाटार पुगेर अध्यक्ष ओलीलाई भेटेर नेता योगेश भट्टराईले पार्टीको एकतालाई पहिलो शर्त मानेर शीर्ष तहमा संवाद अघि बढ्न आग्रह गरेका थिए । ‘एकताको कुरा गर्दा बामपन्थीको एकता पहिलो शर्त हुनुपर्ने र त्यसपछि बामपन्थीसहितको एकतामा केन्द्रित हुनुपर्छ,’ बैठकमा भट्टराईले भनेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












