महन्थ ठाकुरले बोलाए आफूपक्षीय सांसदको बैठक
काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक बोलाएका छन् । जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाएका हुन् । सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने बोलाइएको छैन ।
महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उनलाई बैठकमा नबोलाएको स्रोतले जनाएको छ । महेन्द्र राय यादवले आफूलाई बैठकको बारेमा जानकारी नरहेको प्रतिक्रिया दिए । बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।
यस्तै तत्कालीन जसपा नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झा उपत्यका बाहिर रहेको कारण बैठकमा छैनन् भने शरत सिंह भण्डारी बैठकमा सहभागी हुने भनेपनि यो समाचार तयार पार्दासम्म बैठकमा उपस्थित भएका छैनन् । ठाकुर केपी शर्मा अोली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेका छन् ।
गत मंगलवार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ । सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












