एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, होला त नेपाल पक्षमाथि कारबाही ?
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा माधव-झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ।
माधव-झलनाथ समूहलाई पार्टीले सोधेको स्पष्टीकरण र सो समूहले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। एमालेले माधव-झलनाथ समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ।
माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले बिहीबार स्पष्टीकरणको जवाफ पठाइसकेको भट्टराईले बताए। तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणमा आज बुझाउने अन्तिम म्याद छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच र संघीय संसदका २७ जना सदस्यलाई वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए।
बैठकमा पार्टीको दशौं महाधिवेशनको तयारीका लागि पनि छलफल हुने भट्टराईले बताए। यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना एमालेले तयार पारिसकेको छ।
जसअनुसार जेठ मसान्तभित्र सबै प्रदेशदेखि स्थानीय तहसम्मका कमिटीलाई पूर्णता दिने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा तथा पालिका अधिवेशन र जिल्ला अधिवेशन गरिसक्ने एमालेको योजना छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












