जसपाको एक वर्षः ओलीलाई जवाफ दिन बन्यो, ओलीलाई नै समर्थन गर्ने विषयले विभाजन उन्मुख
काठमाडौँ । तत्कालीन राष्टिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी(जसपा) घोषणा भएको एक वर्ष पूरा भएको छ।
एकताको एक वर्ष पूरा हुँदासम्म समायोजनले पूर्णता पाउन सकेको छैन। यो अवधिमा केन्द्रीय समितिको निर्माण, कार्यकारिणी परिषद्को घोषणा, कर्णाली प्रदेशको समायोजन सकिएको छ भने केही जिल्लाको मात्रै समायोजन भएको छ।
बाँकी समायोजनको अधिकांश काम थाती नै रहेको नेता केशव झाले जानकारी दिए।
गत वर्ष वैशाख १० गते राति दुई पार्टीले चार बुँदे सहमति गर्दै एकता घोषणा गरेका थिए। सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ अध्यादेशमार्फत संशोधन गरेर विभाजन हुने खुकुलो प्रावधान राखेपछि त्यसको प्रतिक्रिया स्वरुप दुई दलले हतार हतार एकता घोषणा गरेका थिए।
आफूहरुलाई विभाजन गर्न अध्यादेश ल्याएको भन्दै राजपा र समाजवादीले जवाफ स्वरुप एकता नै घोषणा गरे। साविक नेकपा र राजपामा आन्तरिक द्वन्द्व बढिरहेका बेला गत वर्ष वैशाख ७ गते प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरे पनि चर्को दबाबमापछि चार दिनमै फिर्ता लिएका थिए।
समानताका आधारमा तल्ला तहसम्म एकता प्रक्रिया अघि बढाउने, एकीकृत पार्टीको नाम जसपा राख्ने, झण्डा तत्कालीन समाजवादीले प्रयोग गरेको गर्ने र चुनाव चिन्ह राजपाको प्रयोग गर्ने समझदारीअनुसार पार्टी एकता भएको थियो।
एकता हुँदा महाधिवशेन छिट्टै गर्ने समझदारी भए पनि एक वर्ष पूरा हुँदासम्म तल्ला तहसम्म पार्टी एकताले पूर्णता पाइसकेको छैन भने शीर्ष नेतृत्व तहमा शक्ति संघर्ष बढ्दै जाँदा एकता कायम रहिरहने हो कि होइन भन्ने आशंका उब्जेको छ।
प्रधानमन्त्री केपी ओलीलाई जवाफ दिन निर्माण भएको पार्टी एक वर्षको अवधिमा राजनीतिक परिदृश्यमा यस्तो परिवर्तन देखिएको छ कि अहिले उनै ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयले जसपा विभाजन उन्मुख छ।
लुम्बिनी प्रदेशको घटना र संघमा ओली नेतृत्वको सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद बढ्दै जाँदा दुवै पक्ष पूर्ववत पार्टीको अभ्यासमा जुटिसकेका छन्।
पार्टीको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादव ओलीलाई सहयोग गर्न नहुने पक्षमा छन् भने पूर्व राजपा पक्षका अधिकांश नेताहरु माग सम्बोधन गराएर ओलीलाई सहयोग गर्नुपर्ने अडानमा छन्।
बिहीबार अध्यक्ष ठाकुरले पूर्व राजपा पक्षका सांसदहरुको छुट्टै बैठक राखेर पूर्ववत पार्टीको अभ्यास सुरु गरिसकेका छन्। नेता झा फरक फरक पृष्ठभूमि भएका नेताहरुबीच केही मतभिन्नता हुनु स्वभाविक भए पनि पार्टी एकतामा कुनै असर नपर्ने दाबी गर्छन्।
उनले भने, ‘ठूलो पार्टी भएपछि मतभिन्नता देखिनु सामान्य कुरा हो। तर औपचारिक निर्णय हुँदाका बखत सबै नेता एक ठाउँमा हुन्छन्।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












