जसपाको एक वर्षः ओलीलाई जवाफ दिन बन्यो, ओलीलाई नै समर्थन गर्ने विषयले विभाजन उन्मुख
काठमाडौँ । तत्कालीन राष्टिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी(जसपा) घोषणा भएको एक वर्ष पूरा भएको छ।
एकताको एक वर्ष पूरा हुँदासम्म समायोजनले पूर्णता पाउन सकेको छैन। यो अवधिमा केन्द्रीय समितिको निर्माण, कार्यकारिणी परिषद्को घोषणा, कर्णाली प्रदेशको समायोजन सकिएको छ भने केही जिल्लाको मात्रै समायोजन भएको छ।
बाँकी समायोजनको अधिकांश काम थाती नै रहेको नेता केशव झाले जानकारी दिए।
गत वर्ष वैशाख १० गते राति दुई पार्टीले चार बुँदे सहमति गर्दै एकता घोषणा गरेका थिए। सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ अध्यादेशमार्फत संशोधन गरेर विभाजन हुने खुकुलो प्रावधान राखेपछि त्यसको प्रतिक्रिया स्वरुप दुई दलले हतार हतार एकता घोषणा गरेका थिए।
आफूहरुलाई विभाजन गर्न अध्यादेश ल्याएको भन्दै राजपा र समाजवादीले जवाफ स्वरुप एकता नै घोषणा गरे। साविक नेकपा र राजपामा आन्तरिक द्वन्द्व बढिरहेका बेला गत वर्ष वैशाख ७ गते प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरे पनि चर्को दबाबमापछि चार दिनमै फिर्ता लिएका थिए।
समानताका आधारमा तल्ला तहसम्म एकता प्रक्रिया अघि बढाउने, एकीकृत पार्टीको नाम जसपा राख्ने, झण्डा तत्कालीन समाजवादीले प्रयोग गरेको गर्ने र चुनाव चिन्ह राजपाको प्रयोग गर्ने समझदारीअनुसार पार्टी एकता भएको थियो।
एकता हुँदा महाधिवशेन छिट्टै गर्ने समझदारी भए पनि एक वर्ष पूरा हुँदासम्म तल्ला तहसम्म पार्टी एकताले पूर्णता पाइसकेको छैन भने शीर्ष नेतृत्व तहमा शक्ति संघर्ष बढ्दै जाँदा एकता कायम रहिरहने हो कि होइन भन्ने आशंका उब्जेको छ।
प्रधानमन्त्री केपी ओलीलाई जवाफ दिन निर्माण भएको पार्टी एक वर्षको अवधिमा राजनीतिक परिदृश्यमा यस्तो परिवर्तन देखिएको छ कि अहिले उनै ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयले जसपा विभाजन उन्मुख छ।
लुम्बिनी प्रदेशको घटना र संघमा ओली नेतृत्वको सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद बढ्दै जाँदा दुवै पक्ष पूर्ववत पार्टीको अभ्यासमा जुटिसकेका छन्।
पार्टीको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादव ओलीलाई सहयोग गर्न नहुने पक्षमा छन् भने पूर्व राजपा पक्षका अधिकांश नेताहरु माग सम्बोधन गराएर ओलीलाई सहयोग गर्नुपर्ने अडानमा छन्।
बिहीबार अध्यक्ष ठाकुरले पूर्व राजपा पक्षका सांसदहरुको छुट्टै बैठक राखेर पूर्ववत पार्टीको अभ्यास सुरु गरिसकेका छन्। नेता झा फरक फरक पृष्ठभूमि भएका नेताहरुबीच केही मतभिन्नता हुनु स्वभाविक भए पनि पार्टी एकतामा कुनै असर नपर्ने दाबी गर्छन्।
उनले भने, ‘ठूलो पार्टी भएपछि मतभिन्नता देखिनु सामान्य कुरा हो। तर औपचारिक निर्णय हुँदाका बखत सबै नेता एक ठाउँमा हुन्छन्।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












