‘म लचिलो भएर आएको छु’,साथीहरु पार्टी एकताबद्ध बनाउन चाहादैनन्’
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थकै कारण पार्टी पुन: विभाजित भएको बताएका छन्।
‘यत्रो दु:खबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो। विभाजित नभएको भए पनि उहाँहरूले शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियोु’ उनले थपे, ‘मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने। त्यस्ता ब्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन।’
आफू पार्टीलाई नयाँ उचाइमा पुर्याउन लागि रातदिन नभनी खटेको पनि उनले बताए। ‘कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन म रातदिन अहोरात्र खटेको छु। हामी जिम्मेवार र अनुसाशित भएकोले हामीले नै अबको पार्टीलाई एकता कायम गर्न प्रयास गर्छौ’ उनले सम्बोधनका क्रममा भनेका छन्।
एमालेमा अहिले पनि केही व्य क्तिहरू अराजक ढंगले लाग्ने र पार्टीकै नेताविरुद्ध उत्रिने तथा सरकारको आलोचना गर्ने जस्ता काम नरोकिएको पनि उनले टिप्पणी गरे।
अध्यक्ष ओलीले भने , ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें। तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन।’ उनले यदि एमाले पार्टी खोस्ने ढंगले कोही आएको भए त्यो सम्भव नहुने पनि प्रस्ट पारे।
कम्युनिष्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्ने र त्यसको सम्पूर्ण नेतृत्व एमालेले नै गर्ने पनि उनले दाबी गरे।
आजको बैठकका एजेण्डाहरू स्थायी कमिटीको गठन, पार्टीमा अनुशासनको कारबाही, पार्टीमा कार्यविभाजनको तयारी र समसाययिक विषयहरूमा छलफल हुने बताइएको छ।
यसअघि, मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेका छन्।
तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणको जवाफ फर्काउने आज अन्तिम मिति हो। एमाले अध्यक्ष ओलीले नेपाल समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












