‘म लचिलो भएर आएको छु’,साथीहरु पार्टी एकताबद्ध बनाउन चाहादैनन्’
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थकै कारण पार्टी पुन: विभाजित भएको बताएका छन्।
‘यत्रो दु:खबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो। विभाजित नभएको भए पनि उहाँहरूले शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियोु’ उनले थपे, ‘मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने। त्यस्ता ब्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन।’
आफू पार्टीलाई नयाँ उचाइमा पुर्याउन लागि रातदिन नभनी खटेको पनि उनले बताए। ‘कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन म रातदिन अहोरात्र खटेको छु। हामी जिम्मेवार र अनुसाशित भएकोले हामीले नै अबको पार्टीलाई एकता कायम गर्न प्रयास गर्छौ’ उनले सम्बोधनका क्रममा भनेका छन्।
एमालेमा अहिले पनि केही व्य क्तिहरू अराजक ढंगले लाग्ने र पार्टीकै नेताविरुद्ध उत्रिने तथा सरकारको आलोचना गर्ने जस्ता काम नरोकिएको पनि उनले टिप्पणी गरे।
अध्यक्ष ओलीले भने , ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें। तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन।’ उनले यदि एमाले पार्टी खोस्ने ढंगले कोही आएको भए त्यो सम्भव नहुने पनि प्रस्ट पारे।
कम्युनिष्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्ने र त्यसको सम्पूर्ण नेतृत्व एमालेले नै गर्ने पनि उनले दाबी गरे।
आजको बैठकका एजेण्डाहरू स्थायी कमिटीको गठन, पार्टीमा अनुशासनको कारबाही, पार्टीमा कार्यविभाजनको तयारी र समसाययिक विषयहरूमा छलफल हुने बताइएको छ।
यसअघि, मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेका छन्।
तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणको जवाफ फर्काउने आज अन्तिम मिति हो। एमाले अध्यक्ष ओलीले नेपाल समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












