उपत्यकाका सीडीओहरू बैठक बस्दै, थप कडाइ गर्ने तयारी
काठमाडौँ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ । उक्त बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने उच्च स्रोतले दाबी गरेको छ ।
ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच बनाइसकेका छौं । अब आज पनि बैठक छ । हामी बसेर थप निर्णय गर्छौं,’ उनले भने ।
यस्तै भक्तपुर जिल्लाका सहायक सीडीओ मुकेशकुमार केशरीका अनुसार सीसीएमसीको आइतबारको बैठकले गरेको सिफारिसका बारेमा थप निर्णय गर्नका लागि तीनै जना सीडीओहरुको बैठक काठमाडौंमा बस्न लागेको हो ।
उनका अनुसार सबै जिल्लाले के गर्ने भनेर सोमबार दिउँसोसम्म केही निर्णय आउने सम्भावना छ । ‘अवस्था जटिल हुँदै गएको छ । त्यसैले उपत्यकाको हकमा के गर्ने भनेर उहाँहरूले हिजो पनि छलफल गरेर एउटा निर्णय गर्नुभयो,’ उनले भने, ‘आज पनि सीसीएमसीको सिफारिसमा केही निर्णय होला ।’
आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार सोमबार बिहान डी–सीसीएमसीको बैठक बसेर कहिले देखि निषेधाज्ञा जारी गर्ने निर्णय गर्नेछन् । ‘हामीले नयाँ कुनै निर्णय गरेको होइन, ६ गते जारी गरेका आदेशहरुलाई पालना गराउन सिफारिस गरेको मात्रै हो,’ उनले भने, ‘हामीले ६ गते नै अवस्था हेरेर जिल्ला प्रशासनले निर्णय लिन सक्छ भनिसकेका हौं । त्यसैलाई अब कार्यान्वयन गर भनेको हो ।’
मन्त्री त्रिपाठीका अनुसार केही दिनका लागि निषेधाज्ञा जारी हुने भएकाले सर्वसाधारणलाई केही तयारी गर्ने समय पनि दिनुपर्ने भएको बताए । उनका अनुसार डी–सीसीएमसीले काठमाडौं उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञा लागू गर्न सक्छ । ‘अहिलेलाई निषेधाज्ञा मात्रै हुन्छ । तर, यसले पनि स्थिति नियन्त्रणमा नआउने अवस्था भएको खण्डमा भने लकडाउन नै गर्न जरुरी हुन्छ,’ उनले भने, ‘अहिले हाम्रो लक्ष्य मान्छेको आवागमनलाई मात्रै नियन्त्रण गर्नु हो । त्यो निषेधाज्ञाबाटै सम्भव हुन्छ ।’
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












