ईश्वर पोखरेलको ९ बुँदे योजना : वडा तहसम्म संगठन विस्तार गर्ने, विवादित संरचना यथावत राखिने (सर्कुलरसहित)
जेठ अन्तिममा उपचुनावको प्रस्ताव
काठमाडाैँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बैशाख ६, १० र १२ गते तीनचोटि बालुवाटारमा बसेको थियो ।
सोही बैठकले स्थायी कमिटीको पुनर्गठन गरेर माधव पक्षका नेताहरुलाई हटाई एकलौटीरुपमा १९ जनाको स्थायी कमिटी घोषणा गरेको थियो ।
माधव पक्षका नेताहरुको उपस्थितिविना बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरलद्वारा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो ।
महासचिव पोखरेलको संगठनात्मक प्रस्तावमा हाल रिक्त रहेका सांसद पदमा जेठको अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिइएको छ ।
सरकारले यही जेठ ६ गते राष्ट्रियसभा सदस्यमा रामबबहादुर थापाका कारण खाली रहेको एक सीटमा उपचुनाव गर्ने मिति तय गरिसकेको छ । अब प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टको सीटमा उपनिर्वाचनको मिति तय गर्न बाँकी छ ।
त्यस्तै प्रदेशसभामा दर्जनौं सिटहरु रिक्त बनेका छन् । स्थानीय तहमा पनि धेरै ठाउँमा उपचुनाव गर्न बाँकी छ । निर्वाचन आयोगले यी तीनै तहका रिक्त पदमा एकैचोटि उपचुनाव गरिने बताएको छ ।
बालुवाटारबाट पारित संगठनात्मक प्रस्तावमा पार्टीका विवादित संरचनाहरु कायमै राख्ने, असारसम्म सदस्यता नवीकरण गरिसक्ने र भदौमा वडातहसम्म अधिवेशनहरु गर्ने योजना प्रस्तुत गरिएको छ ।
माधव नेपाल समूहको हकमा संगठनात्मक प्रस्तावमा भनिएको छ, ‘कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’
हेर्नुहोस् ९ बुँदामा महासचिव पोखरेलका संगठनात्मक योजना
(क) प्रदेश, जिल्ला र सो मातहतमा पालिकाको वडा तहसम्म संगठन कमिटी बनाउने । कमिटीको पदाधिकारीमा अध्यक्ष र सचिव रहने । कमिटी र सचिवालयको सदस्य संख्या नेकपाको कार्यकालमा भएसरह हुने ।
(ख) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ पुस ७ गते विस्तारित केन्द्रीय कमिटीका सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने । यसका साथै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरू, विभागका सचिवहरु, जनसंगठनका अध्यक्षहरू, प्रवास क्षेत्रबाट मनोनित कमरेडहरु राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य हुने ।
(ग) प्रदेश संगठन कमिटीको योजना अनुरुप २०७८ जेठ मसान्तभित्र जिल्ला र सो मातहतका सबै तहमा पार्टी कमिटीहरूको पुनर्गठन गरी संगठन कमिटीमा रुपान्तरण गर्ने । जन संगठनहरुको केन्द्रदेखि स्थानीय तहसम्मको र प्रवास क्षेत्रको समग्र संगठनात्मक काम पनि यही अवधिमा सम्पन्न गर्ने ।
(घ) २०७८ असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने । पार्टी सदस्यता नवीकरणका लागि निवेदनको नमुना, पार्टी सदस्यता पत्रको विवरण फारम र सदस्यता पत्रको नमुना पार्टी केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकालका पार्टी सदस्यहरु र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यहरुलाई नवीकरणको अवसर दिने । पार्टीमा एकतावद्ध हुने सदस्यहरुको सदस्यता पनि यही अवधिमा नवीकरण गर्ने । सदस्यता नवीकरण शुल्क र लेबी पार्टीको नियमावली र अपानि ९ मा उल्लेख भए बमोजिम हुने ।
(ङ) पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जाने क्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आमरुपमा यथावत राख्ने । ती कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।
(च) निर्वाचन आयोगको सूचना बमोजिम मतदाता नामावलीमा योग्यता पुगेका मतदाताहरूको नामावली समावेश गर्न सबै तहका पार्टी कमिटी तथा कार्यकर्ता कमरेडहरु योजना एवं सक्रियताका साथ परिचालित हुने । उपनिर्वाचन यही जेठ महिनाको अन्तिम सातामा आयोजना गर्न सरकारलाई सुझाव दिने । नियम कानून बमोजिम आयोजना हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीमा क्रियाशील रहने ।
(छ) सबै तहमा उपरोक्त बमोजिम पार्टी तथा जनसंगठनहरुको संगठनात्मक संरचना निर्माण गर्न र पार्टी सदस्यता नवीकरण गर्न जिल्ला कमिटीले प्रत्येक पालिकामा ७ जनाको दरले विशेष कार्यदल गठन गरी खटाउने र प्रदेश कमिटीका तर्फबाट प्रत्येक पालिकामा २ जनाको दरले सहजकर्ता खटाउने ।
(ज) पार्टी सदस्यता नवीकरण सम्पन्न भएसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरु देहायबमोजिम गर्ने ः
– विधान संशोधनमा केन्द्रीत भएर छलफल एवं निर्णय गर्न २०७८ साउन २५–२७ मा राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने ।
– वडा अधिवेशन ः २०७८ भदौ ५ गते
– पालिका अधिवेशन ः २०७८ भदौ १५ गते
– जिल्ला अधिवेशन ः २०७८ भदौ ३० गते
– प्रदेश अधिवेशन ः २०७८ अर्साज २३ गते
– सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने ।
(झ) विगतमा पार्टी प्रवेश गरेका वा पार्टीमा एकतावद्ध भएका सबै कमरेडहरुलाई उपयुक्त जिम्मेवारी निर्धारण गर्न सम्बन्धित प्रदेश तथा जनसंगठनका ईञ्चार्ज कमरेडहरुले विशेष ध्यान दिने ।
पार्टीका निर्णयहरुबारे सर्कुलर जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘सबै कमरेडहरुलाई उपर्युक्त निर्णयहरुको व्यवस्थित, योजनावद्ध र निष्ठापूर्वक कार्यान्वयनका लागि पुनः निर्देशित गरिन्छ ।’
हेर्नुहोस् सर्कुलर
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












