विप्लवको पार्टी फुट्यो, नयाँ पार्टीको नाम जन-समाजवादी मञ्च
काठमाडाैँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ।
उक्त पार्टीका पोलिटव्यूरो सदस्य कृष्ण प्रसाद धमला (गम्भिर) को नेतृत्वमा पार्टी विभाजन भएको हो।
नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ।
‘बाँकी अधुरो क्रान्ति’ सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो। विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको उनीहरुको बुझाई छ।
‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्यायाउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रबृत्ति हावी छ’, धमलाले भनेका छन्।
सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसको उनले बताएछन्।
नयाँ पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ।
नयाँ पार्टीमा १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको दावी गरिएको छ।
यतिवेला देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको बिषम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोसमेत धमलाले बताएका छन्।
विश्वब्यापी कोरोना महामारीकाबिरुद्ध लड्न सबैलाई एकजुट भै हातेमालो गर्नसमेत नवगठित पार्टीले आव्हान गरेको छ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











