जित सुनिश्चित भएपछि थापालाई राष्ट्रिय सभाकाे उम्मेदवार घाेषणा गर्ने एमालेको निर्णय
काठमाडौँ । एमालेले राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि उम्मेदवार घाेषणा गर्ने भएको छ । स्थायी कमिटीकाे बिहीबारको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारकाे जितका आधारबारे छलफल गरेको थियाे ।
गृहमन्त्री रामहादुर थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियाे ।
एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारकाे जित सुनिश्चितता हुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घाेषणा गर्ने निर्णय भएको बताए । ‘राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ । मतदातासँग कुराकानी पछि उम्मेदवार घाेषणा गर्ने निर्णय भएको छ,’ उनले भने ।
वाग्मती प्रदेशकाे राष्ट्रिय सभा रिक्त पदमा कांग्रेस, माओवादी, एमालेकाे माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीकाे उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत माग्ने विषयमा पनि स्थायी कमिटीमा छलफल भएको ज्ञवालीले बताए ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












