एमाले अध्यक्ष ओलीसँग घनश्याम र योगेशको मध्यरातसम्म वार्ता
काठमाडौं । सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन ।
पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किएका थिए ।सहमतिको प्रयासमा विहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन् ।
त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए ।
भेटवार्तामा सहभागी नेताहरुका अनुसार न शीतल निवासमा कुनै सहमति जुट्यो, न बालुवाटारमा ।
राष्ट्रपति भण्डारीलाई भेटेर नेता नेपाल राति करिव १० बजेतिर शीतल निवासबाट निस्किएका थिए । केही घण्टासम्म चलेको त्यो भेट पनि एमालेमा देखिएको विवादमै केन्द्रीत थियो । तर कुनै सहमति नभएको एक नेताले बताए ।
एमाले अध्यक्ष ओली र नेताद्धय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।
वार्तामा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरु मिल्नुपर्छ, मिल्नुपर्छ मात्र भनिरहनु भएको छ । एकलौटी निर्णयहरु नसच्याउँदासम्म कसरी सहमति होला र ?’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












