राजनीतिक रुपमा पीडित रहेकाले तटस्थ बस्ने निर्णय गर्यौं: महन्थ ठाकुर
काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरू राजनीतिक रुपमा पीडित रहेकाले तटस्थ बस्ने निर्णयमा पुगेको बताएका छन् ।
सोमबार सदनमा विश्वासको मतको प्रस्तावबारेको छलफलमा बोल्दै उनले आफूहरू लोकतन्त्रपछि पनि राजनीतिक रुपमा पीडित रहेकाले पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने बताएका हुन् ।
उनले संविधान शंसोधन गर्न माग राखेका छन् । संविधानका प्रावधान सच्चाइए आफूहरूले पनि अपनत्व महसुस गर्ने उनको भनाइ थियो । ‘यो संविधानले भनिरहेको छ कि संशोधन जरुरी छ । अन्यथा यस्ता राजनीतिक संकट आइरहन्छ,’ उनले भने ।
ठाकुरले राजनीतिक आन्दोलनमा सहभागी जसापका नेता कार्यकर्ताले सजाय भोगिरहेकाले रिहाइको माग गरेका छन् । प्रधानमन्त्री केपी ओलीले केही कार्यकर्तालाई रिहा गरे पनि सबैलाई मुक्त गरिनुपर्ने माग उनले गरे ।
अध्यक्ष ठाकुरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधन श्रोतको उच्चतम प्रयोग गर्दै महामारी नियन्त्रण गर्नुपर्ने बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












