देउवाले बोलाए विपक्षी दलका शिर्ष नेतालाई बुढानिलकण्ठ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा अन्य विपक्षी दलहरुसँग आज छलफल गर्दै छन्।
दिउँसो आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले माओवादी केन्द्र र जसपाका शिर्ष नेतालाई छलफलका लागि बोलाएको पार्टी सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए। उनका अनुसार बैठक बस्ने भनिएपनि समय भने तय भइसकेको छैन।
यसअघि देउवाले हिजो नै यो बैठक आह्वान गरेपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र छलफल नै नगरी सरकार गठनका सन्दर्भमा सर्वदलीय बैठक बोलाएको भन्दै आपत्ती जनाएपछि बैठक स्थगित भएको थियो।
पौडेलको विरोधपछि सभापति देउवाले आफ्नै पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेर सल्लाह लिएपछि मात्रै आज सर्वदलीय बैठक आह्वान गरेकाे सह–महामन्त्री महतले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत गुमाएपछि बहुमतको नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिसम्मको समय दिएपछि आज दिनभर कांग्रेस, माओवादी केन्द्र र जसपा नयाँ सरकार गठनको कसरतमा थप सक्रिय हुँदैछन्।
माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह भने तयार भइसकेको छैन। जसपाका सबै सांसदहरु नयाँ सरकार गठनको पक्षमा नउभिए विपक्षी गठबन्धनलाई सत्तामा जान बहुमत पुग्ने देखिएको छैन। नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि नयाँ सरकार गठनका लागि निर्णायक मानिएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












