हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता
मर्जरपछि अध्यक्ष पाँडे, सीईओ राणा
काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट तुलसीप्रसाद गौतमले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापनजस्ता विषयमा सहमति जुटेसँगै मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । आज दिउँसो ३ बजे छाया कम्प्लेक्सको होटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई बैंकबीच कर्मचारी समायोजन, सफ्टवेयर कुन बैंकको चलाउने भन्ने विषयमा भने छलफल भएको छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मूल्यांकन गराउने र जुन बैंकको उपयुक्त हुन्छ, त्यसलाइ नै अगाडि बढाउने अनौपचारिक सहमति भएको छ ।
मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ । मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् । इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन् ।
यसअघि, नेपाल इन्भेष्टमेन्ट बैंकले दुवै बैंकका सीईओलाई मर्जरपछि पनि सीईओ नै बनाएर सिनियर र जुनियर भनेर जानुपर्ने प्रस्ताव गरे पनि हिमालयन बैंकले त्यसमा असहमति जनाएपछि सहमति जुट्न सकेको थिएन । वैशाख १५ अगाडि नै एमओयू गर्ने तयारी भए पनि सीईओमा सहमति नजुट्दा त्यति बेला एमओयू हुन सकेन । तर, राष्ट्र बैंकले नै दुवै बैंकलाई बोलाएर दुईजना सीईओ राख्न नमिल्ने भनेपछि इन्भेष्टमेन्टका सीईओ पाण्डेलाई डेपुटी सीईओ बनाउन सहमति जुटेर प्रक्रिया अगाडि बढेको हो । गएको बुधबार नेपाल इन्भेष्टमेन्ट र शुक्रबार हिमालयन बैंकको बोर्डले मर्जरको प्रस्ताव स्वीकृत गरेको थियो ।
मर्जरका लागि गराएको डीडीएमा दुई बैंक एक बराबर एकको स्वापमा मर्जरमा जाने सक्ने देखिएको छ । डीडीएमा हिमालयन बैंकको २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २८१ अंक आएको स्रोतको दाबी छ ।
डीडीएमा हिमालयन बैंक केही माथि भए पनि १ः१ मा जाने अवस्था रहेको स्रोत बताउँछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको पुँजीकोष ४७ अर्ब नाघ्नेछ भने चुक्ता पुँजी करिब २७ अर्ब पुग्नेछ ।
दुवै बैंकले प्रकाशित गरेको असार मसान्त म्मको अपरिष्कृत वित्तीय विवरणानुसार मर्जरपछि बन्ने बैंकको निक्षेप ३ खर्ब ११ अर्ब, कर्जा लगानी २ खर्ब ८७ अर्ब, जगेडा कोष १९ अर्ब ७४ करोडको हुनेछ । यस्तै, कर्मचारी २५०० नाघ्नेछ भने शाखा सञ्जाल १५० माथि पुग्नेछ ।
स्रोतका अनुसार एमओयूमा असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिइएको छ । मर्जरमा जाने सम्झौतासँगै हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार कम्पनीमा पनि असार मसान्तसम्म रोक्का हुने भएको छ ।

Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












