भीम रावललाई आँखामा समस्या, कार्यदलको बैठक अनिश्चित
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ।
माधव पक्षका नेतृत्वकर्ता नेता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए। उनले भने, ‘कहिले र कतिबेला बैठक बस्ने भन्नेबारे टुंगो लागेको छैन।’
एमाले भित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरेर १० सदस्यीय कार्यदल गठन गरेका थिए।
विवाद समाधन गर्ने जिम्मा कार्यदलका सदस्यलाई दिइएको छ। कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच–पाँच जना राखिएका छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।
नेपाल पक्षले एमालेलाई नेकपा (माओवादी केन्द्र) सँग एकीकरण गर्नुअघि २ जेठ, २०७५ मा फर्काउनुपर्ने बताउँदै आएको छ। एमाले र माओवादी ब्यूँतिएपछि गत २८ फागुनमा ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग छ।
कसरी २ जेठ, २०७५ मा फर्किने भन्ने विषयको टुंगो लगाउन कार्यदल गठन गरिएको हो। कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न म्याद दिइएको छ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











