एमाले कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ।
बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। नेता नेम्बाङले आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताए। बैठकमा भोलि हुने हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ।
हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ।
सिंहदरबारमा बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको थियो। नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जनाएका थिए।
बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो। आज त्यस विषयमा थप छलफल हुने नेता नेम्बाङले बताए।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन्।
कार्यदलले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने उपाय र एमाले प्रवेश गरेका माओवादी नेताहरुको व्यवस्थापनलाई केन्द्रमा राखेर समाधान खोज्न कार्यदलले काम गर्नेछ।
पार्टी विभाजनकै अवस्थामा पुगेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरी समस्या समाधान गर्न कार्यदल बनाएका थिए। नेपालले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउनुपर्ने माग गर्दै आएपनि ओलीले अस्वीकार गर्दै आएका थिए। विवाद बढेर नेपाल खनाल पक्षले संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएको थिएन।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












