प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका छन्। बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर देउवा नेतृत्वको टोलीले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि सरकारले चाल्नुपर्ने कांग्रेसको १५ बुँदे सुझावसहितको बुझाएका हुन्।
प्रधानमन्त्रीलाई भेट्न देउवासहित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महत, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायत पुगेका थिए।
कांग्रेस संसदीय दल कार्यसमितिको बिहीवार बसेको बैठकले बिभिन्न ११ बुँदे निर्णय गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको थियो। बैठकले प्रधानमन्त्री ओलीकै गलत विश्लेषणका कारण कोरोनाले क्षति बढाएको दाबीसमेत गरेको छ।
यसअघि पनि देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल रहेको उल्लेख गर्दै विरोध जनाएको थियो।
यसैबीच काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहेको कोभिड-१९ अनुगमन समितिले जेठ तीन दिनसम्म कोरोना रोकथाम तथा नियन्त्रणबारे सातै प्रदेशमा छलफल गरी सुझाव संकलन गरेको थियो। सोही छलफलका आधारमा १५ बुँदे ज्ञापनपत्र बनाएको बताइएको छ।
यस्तो छ प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ज्ञापनपत्र

Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












