देउवालाई ओलीको प्रस्ताव– मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सरकारको प्रस्ताव राखेका छन् । शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सरकारको प्रस्ताव गरेको ओलीले बताए ।
बालुवाटारमा सम्पादकहरुसँग ओलीले भने, ‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए । ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु’, ओलीले भने ।
ओलीले अरु विकल्पबारे पनि प्रस्ताव गरेको बताए । ‘तपाईंहरुको उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुहोस्’, उनले भने । ओलीले राष्ट्रिय सरकारका निम्ति चेतावनी पनि दिए । ‘कमसेकम यो विकल्प हो भनेर हिम्मतका साथ भन्नुहोस्’, ओलीको भनाइ छ । तर यसतर्फ नलागेर अरु नेताहरु आरोप र गालीगलौजतिर लागेको उनले बताए ।
‘कसले संविधानमाथि थिचोमिचो गर्यो ? मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’, ओलीले प्रश्न गरे । विश्वासको मत लिए हार्छु भनेर थाहा पाएपछि संविधानको धारा ७६ (५) का निम्ति मार्ग प्रशस्त गरिदिएको ओलीले बताए ।
‘म हार्छु, विश्वासको मत लिए भने म हार्छु । हारेपछि ५ मै जाने हो । त्यसो हो भने जाऔं । सरकार बनाउनुहोस्, नीति तथा कार्यक्रम र बजेट ल्याउनुहोस्’, ओलीले भने ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












