प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूर्ण तवरले देशलाई दुर्घटनातर्फ लगे: प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गर्नका लागि संसद् विघटन नगरिएको भन्दै यस्तो चुनावको अर्थ नहुने बताएका छन् । संसद् विघटन र चुनाव घोषणा संविधानसम्मत नभएकाले यो कदमको कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने भन्दै दाहालले मध्यराति अपारदर्शी ढंगले गरिएको विघटनको विरुद्ध जनता उभिने पनि बताए ।
हामी यसको कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्छौं,’ सर्वदलीय बैठकपछि नयाँ बानेश्वरमा प्रचण्डले भने । ‘जसरी हिजो सडकमा र कानुनी रुपमा संसद विघटनलाई प्रतिगमन भनेर राम्रै प्रतिवाद गरियो, यो कदमको पनि प्रतिवाद गरिनेछ,’ दाहालले भने । चुनावमा भाग लिनु हुन्छ कि संयुक्तरुपमा बहिस्कार गर्नुहुन्छ भन्ने संवाददाताको प्रश्नमा दाहालले भने, ‘चुनावमा भाग लिने वा नलिने बिषयमा हामी छलफल गर्दैछौं ।’
उनले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जिवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातिमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको भन्दै कानुनी रुपमा प्रमाणित गर्ने पनि बताए ।
अदालतले पहिलेजस्तै फेरि एकपटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त गरेको पनि उनले बताए । ‘पहिलो एपिसोडमै लाखौं जनताले सडकमा आएर प्रतिगमनको विरुद्धमा छौं भनेर देखाइसकेका छन् । अहिले कोरोनाको यो महामारीका बेला कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेका छन्, त्यसलाई जनताले सहने छैनन् । यसको स्थानीय तहदेखि नै प्रतिवादमा जनता उत्रिने छन्,’ प्रचण्डले भने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












