खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग परराष्ट्र मन्त्रीको आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणकाे क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्।
अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
टेलिफोन संवादबारे मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिँदै भनेको छ, ‘अमेरिकाले गरेको सहयोगका कारण कोरोना भाइरसविरुद्धको अभियानलाई बिस्तार गर्न नेपाललाई राम्रो सहयोग पुगेको भन्दै उपविदेशमन्त्री विन्डी मार्फत अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो। साथै उहाँले खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्नका लागि पनि आग्रह गर्नु भएको छ।’
अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यस्तै उनले टेलिफोन संवादको क्रममा अमेरिकी सहयोगमा जारी तथा सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति पनि चासो व्यक्त गरेकी छन्।
टेलिफोन वार्ताको क्रममा द्विपक्षीय हित तथा आपसी सहयोग–सहकार्यका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।
कुराकानीको क्रममा जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका प्रयासमा मिलेर काम गर्ने प्रतिवद्धता दुवै पक्षले व्यक्त गरेका छन्।
नेपालले आउँदो अक्टोबरमा सगरमाथा संवादको तयारी गरेको छ। यस्तै कोरोना भाइरसको महामारीका कारण असर परेको अर्थतन्त्र सुधारका लागि गर्न सकिने प्रयासबारे पनि दुई मन्त्रीबिच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












