गणतन्त्र ‘नाति जर्नेल’ शासक हुने प्रणाली हैन : प्रधानमन्त्री ओली
हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन्।
हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताएका हुन।
‘हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन। विस्मृतिमा जान दिनुहुँदैन। शहीदको बलिदानलाई बिर्सन सकिँदैन। बिर्सिन मिल्दैन’, उनले भने।
प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्ने समेत बताए। ‘त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तरक्रिया र परि संवादजस्ता कार्यक्रम बढी मात्रामा गरौँ। चर्चा–परिचर्चा गरौँ’, ओलीले भने।
गणतन्त्र जन्मिँदै विशिष्ट हुने वा जन्मिँदै ‘नाति जर्नेल’ हुने र शासक हुने प्रणाली नभई कर्मबाट र जनताको विश्वासबाट स्थापित हुने प्रणाली भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे। ‘जन्मसिद्ध श्रेष्ठता अवैज्ञानिक कुरा हो, भ्रम हो, पाखण्ड हो। अब त्रास, भय, लोभ र अन्धविश्वासमा परेर वशीभूत पार्ने कुरा विज्ञानसम्मत र न्यायसम्मत हुँदैन। आज जन्मिएको साधारण बच्चा पनि मुलुकको सर्वोच्च स्थानमा पुग्नसक्छ, पुग्न पाउनुपर्छ’, उनले भने।
गणतन्त्रमा सत्य र तथ्यका आधारमा हिँड्ने समाज आवश्यक रहेको बताउनुहुँदै उनले अहिलेको राजनीतिक परिपाटीमा अस्वस्थ प्रतिस्पर्धा रहेको समेत बताए। प्रधानमन्त्री ओलीले भने, ‘अरूको चरित्र हत्या गरेर आफू अगाडि बढ्ने प्रवृत्ति देखिएको छ। यो असत्यको मार्ग हो र अलोकतान्त्रिक हो।’
गणतन्त्र बिनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउँदै ओलीले कसैप्रति जन्मजात घोषणाका आधारमा नतमस्तक हुने परिपाटी लोकतन्त्र नहुने समेत बताए। अहिले जनता पीडामा छन् र जनताको पीडालाई सरकारले बोध गरेको बताउँदै ओलीले यो गणतन्त्र दिवसमा उल्लासमय कार्यक्रम नगरिए पनि राष्ट्रियता झल्काएर, राष्ट्रिय गान गाएर र विद्युतीय माध्यमहरूबाट बढी मात्रामा छलफल र अन्तक्र्रिया चलाएर मनाउनुपर्ने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, ‘यो दिवसको महत्वलाई युवा पुस्ता र बालबालिकासम्म पुग्ने गरी मनाउनुपर्छ। यसलाई आत्मसात् गर्ने गरी बुझाउनुपर्छ। एउटा वर्ग हिजोको अवस्था हेरेर भ्रम फैलाउन खोज्दै छ। अर्को वर्ग हिजोको सुख सुविधा सम्झेर मुख मिठ्याउँदै छ। एउटा वर्ग त्यसप्रति बेखबर हो कि भन्ने जस्तो देखिन्छ।’
१४ औं गणतन्त्र दिवस यही जेठ १५ गते मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












