पूर्वसभामुखहरूको एउटै स्वर : प्रतिनिधि सभा विघटन असंवैधानिक
काठमाडौँ । पूर्वसभामुखहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार राखेको परामर्श बैठकमा पूर्वसभामुखहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका हुन् । नयाँ वानेश्वरस्थित प्रतिनिधि सभा भवनको ल्होत्से हलमा भएको परामर्श बैठकमा उनीहरूले अल्पमतको सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् । बैठकमा सहभागी पूर्वसभामुख कांग्रेस नेता रामचन्द्र पौडेलले राजनीतिक समस्याको समाधान संसद् बाहिर खोज्ने प्रवृत्ति निन्दनीय भएको बताए । ‘संसद्भन्दा बाहिर गएर विवादको समाधान खोज्ने प्रवृत्ति निन्दनीय छ । यस्तो हुनु चिन्ताजनक हो,’ बैठकपछि पौडेलले इकागजसँग भने, ‘संसद् भएको बेलामा राजनीतिक समस्याको छिनोफानो संसद्बाटै हुनुपर्छ ।’
उनले संविधानको धारा ७६(५) अनुरुप सरकार गठन हुने अवस्थामा स्वतन्त्र विवेक प्रयोग गर्ने हैसियत राख्ने बताए । ‘संविधनको धारा ७६(५) अनुरुप सरकार गठन हुने अवस्थामा पुगेपछि सांसदहरूले दलीय हैसियतमा होइन, स्वतन्त्र रूपमा विवेक प्रयोग गर्ने हैसियत राख्छन्,’ पौडेलले भने, ‘धारा ७६ को उपधारा ५ प्रयोग गर्दा संसदहरूले दलीय अनुशासन भन्दा पनि बढी स्वतन्त्र अभिव्यक्ति, विचार र अन्तर्आत्माको आवाजले निर्णय गर्ने हैसियत पाउँछन् ।’
बैठकमा पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको जानकारी दिइन् । उनले अहिलेको विषम परिस्थितिमा संकटको निकास र सभामुखको भूमिका के हुनसक्छ भनेर छलफल भएको बताइन् ।
छलफलका क्रममा सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएका थिए ।
सापकोटाले आयोजना गरेको छलफलमा ४ जना पूर्वसभामुख सहभागी भएका थिए । पौडेल, घर्ती, कृष्णबहादुर महरा भौतिक रूपमै उपस्थित भएका थिए भने कास्कीमा रहेका तारानाथ रानाभट भर्चुअल रूपमा सहभागी भएका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
पूर्वसभामुख पौडेलले अध्यादेशबाट आर्थिक वर्षको बजेट ल्याउन नहुने बताए । ‘बजेट संसद्मै पेस भएर पास हुनुपर्छ । बाहिर अध्यादेशबाट ल्याउन हुँदैन,’ पौडेलले भने ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












