पूर्वसभामुखहरूको एउटै स्वर : प्रतिनिधि सभा विघटन असंवैधानिक
काठमाडौँ । पूर्वसभामुखहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार राखेको परामर्श बैठकमा पूर्वसभामुखहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका हुन् । नयाँ वानेश्वरस्थित प्रतिनिधि सभा भवनको ल्होत्से हलमा भएको परामर्श बैठकमा उनीहरूले अल्पमतको सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् । बैठकमा सहभागी पूर्वसभामुख कांग्रेस नेता रामचन्द्र पौडेलले राजनीतिक समस्याको समाधान संसद् बाहिर खोज्ने प्रवृत्ति निन्दनीय भएको बताए । ‘संसद्भन्दा बाहिर गएर विवादको समाधान खोज्ने प्रवृत्ति निन्दनीय छ । यस्तो हुनु चिन्ताजनक हो,’ बैठकपछि पौडेलले इकागजसँग भने, ‘संसद् भएको बेलामा राजनीतिक समस्याको छिनोफानो संसद्बाटै हुनुपर्छ ।’
उनले संविधानको धारा ७६(५) अनुरुप सरकार गठन हुने अवस्थामा स्वतन्त्र विवेक प्रयोग गर्ने हैसियत राख्ने बताए । ‘संविधनको धारा ७६(५) अनुरुप सरकार गठन हुने अवस्थामा पुगेपछि सांसदहरूले दलीय हैसियतमा होइन, स्वतन्त्र रूपमा विवेक प्रयोग गर्ने हैसियत राख्छन्,’ पौडेलले भने, ‘धारा ७६ को उपधारा ५ प्रयोग गर्दा संसदहरूले दलीय अनुशासन भन्दा पनि बढी स्वतन्त्र अभिव्यक्ति, विचार र अन्तर्आत्माको आवाजले निर्णय गर्ने हैसियत पाउँछन् ।’
बैठकमा पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको जानकारी दिइन् । उनले अहिलेको विषम परिस्थितिमा संकटको निकास र सभामुखको भूमिका के हुनसक्छ भनेर छलफल भएको बताइन् ।
छलफलका क्रममा सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएका थिए ।
सापकोटाले आयोजना गरेको छलफलमा ४ जना पूर्वसभामुख सहभागी भएका थिए । पौडेल, घर्ती, कृष्णबहादुर महरा भौतिक रूपमै उपस्थित भएका थिए भने कास्कीमा रहेका तारानाथ रानाभट भर्चुअल रूपमा सहभागी भएका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
पूर्वसभामुख पौडेलले अध्यादेशबाट आर्थिक वर्षको बजेट ल्याउन नहुने बताए । ‘बजेट संसद्मै पेस भएर पास हुनुपर्छ । बाहिर अध्यादेशबाट ल्याउन हुँदैन,’ पौडेलले भने ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











