आजदेखि निषेधाज्ञामा कडाइ : पसल नै खोल्न नपाइने आदेशमा के छ ?
काठमाडाै । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा आजदेखि एक साताका लागि थप गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायको संयुक्त बैठकले कडा प्रावधानसहित आजदेखि जेठ २० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
एक साताको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । त्यस्तै सर्वसाधारणको आवतजावतलाई पनि पूर्ण रुपमा बन्देज गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
त्यस्तै कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारी साधन सञ्चालनमा पनि कडाइ गरिएको छ भने सबै प्रकारका सार्वजनिक र नीजि निर्माण कार्यलाई स्थगन गर्ने तथा निर्माण सामाग्री बोकेका सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइने पराजुलीले बताए ।
प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको पाइने कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको पराजुलीले जानकारी दिए । त्यस्तै बैठकले यसअघि जारी गरिएका सवै प्रकारका पाससमेत खारेज गरेको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो ।
यसैबीच काठमाडौँ उपत्यकामा अब फोन गरेमा घरमै खाद्यान्न आइपुग्ने व्यवस्था भएको छ । उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै वैकल्पिक व्यवस्था गरिएको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फोन गरे खाद्य सामाग्री घरमै आइपुग्ने काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सूचना जारी गरेको छ ।
‘कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था मिलाइएको’ जारी सूचनामा भनिएको छ ‘खाद्यान्न सम्बन्धी जुनसुकै समस्या भएमा निम्नानुसारका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।’
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनको आलोचना भइरहेको थियो ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












