आर्थिक सर्वेक्षण : जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्यो, प्रतिव्यक्ति आय ११९१ डलर
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतको आर्थिक हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आर्थिक वर्षको दोस्रो चौमाससम्म आर्थिक अवस्था राम्रै रहेपनि कोभिडको प्रभावले तेस्रो त्रैमासमा समग्र अर्थतन्त्रमा प्रभाव पर्दा राष्ट्रिय योजना आयोगको अनुमान अनुसारको ४.१ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण बनेको बताए ।
चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य प्रस्तुत गरेका थिए । तर बजेको मध्यावधि समिक्षामार्फत अर्थमन्त्री पौडेलले करिब ५ प्रतिशको आर्थिक वृद्धि हुने अनुमान रहेको बताएका थिए ।
उनले चालु आर्थिक वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा साढे ३ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हाासिल हुने बताए । चालु आर्थिक वर्ष २०७७/०७८ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान रहको अर्थमन्त्री पौडेलले बताए ।
चालु आर्थिक वर्षमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ को अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने र जसमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.० प्रतिशत रहने सरकारको अनुमान छ ।
लगानीमा १८ प्रतिशतले बढ्ने
चालु आर्थिक वर्षको कुल लगानी १८ प्रतिशतले बढ्ने अर्थमन्त्रीले बताए । आर्थिक वर्ष २०७६/०७७ मा कुल लगानी ३०.४ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने सरको अनुमान छ ।
कुल गार्हस्थ उत्पादनसँग बचतको अनुपात ६.६ प्रतिशत पुग्ने र चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वद्धि भई अमेरिकी डलर ११९१ पुगेको सरकारको अनुमान छ । त्यसैगरी, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको आर्थिक सवेक्षणमा उल्लेख छ ।
यस्तै ०७७ फागुनसम्म सरकोको तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
यस्तै फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान र ८५ अर्ब २ करोड ऋण गरी जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड गरी जम्मा ६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको आर्थिक सवेक्षणमा उल्लेख छ ।
फागुनसम्म ३ ठूला पूर्वाधारका परियोजनामा ३८ अर्ब ६७ करोड ९१ लाख र १३३ उद्योगमा २५ अर्ब ५१ करोड गरी जम्मा ६४ अर्ब १९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












